नर्सलाई यौन सम्बन्धको प्रस्ताव नगर्नु, कलाकार र इन्जिनियर यौनका लागि खप्पिस



3D-Sex-and-Zen-is-an-erotic-comedy1ओएस नेपाल, काठमाडौँ ५ मंसिर । एक अध्ययनका अनुसार कलाकार र इन्जिनियर विपरित लिंगीसँग योन सम्बन्ध राख्न खप्पिस हुने निष्कर्ष सार्वजनिक गरेको छ ।

न त कलाकारले माया पिरतिका कुरालाई पर्खन्छ न त इन्जिनियरले नै पर्खन्छन् उनीहरुले मित्रतालाई भन्दा बढी प्राथमिकता यौनलाई दिने गरेको अध्ययनले देखाएको छ । नर्सहरु भने यौन सम्बन्ध भन्दा पनि भित्रवत प्रेम सम्बन्धमा लामो समयसम्म रहिरहन चाहान्छन् ।

पछिल्लो समय भएको एक अध्ययन अनुसार कुन जागिर गर्ने मानिसले यौन तथा प्रेम सम्बन्ध कस्तो हुन्छ भन्ने विषयमा तयार भएको निष्कर्ष अनुसार कलाकार र इन्जिनियर यौनका लागि खप्पिस हुने सार्वजनिक भएको हो ।

नयाँ डेटिङ एप क्लोभरले आफ्नो एप प्रयोग गर्ने ३३ हजार जना मानिसमा गरेको सर्भेक्षणले कलाकार र इन्जिनियरका विषयमा यस्तो रोचक निष्कर्ष सार्वजनिक गरेको हो ।
उक्त अध्ययनका अनुसार डाक्टर तथा वकिलहरु हल्का मित्रता मात्र मन पराउँछन् भने औषधि विज्ञ तथा लेखा राख्ने मानिसहरु दीर्घकालिन प्रेमको पक्षमा हुन्छन् ।

उक्त अध्ययन १८ देखि ६० वर्ष उमेर समूहका मानिसमाथि भएको थियो । क्लोभरका सिइओ आइज्याक राइच्याकका अनुसार जागिर अनुसार यौन तथा प्रेममा पर्ने फरकपनाको मुख्य कारण जागिरेसँग उपलब्ध खाली समय तथा आयआर्जन रहेको ठान्छन् ।

अध्ययनले सार्वजनिक गरेको तथ्यांक अनुसार पत्रकार, पुलिस, शिक्षक, विज्ञापन सम्बन्धि काम गर्ने, वैज्ञानिक, तथा संगीतकर्मीले दीर्घकालीन तथा गहिरो सम्बन्ध भन्दा भैपरी आउने कामचलाउ सम्बन्धमा जोड दिन्छन् ।

भने डिजाइनर, फार्मासिस्ट, मनोविज्ञ, कम्प्युटर सफ्टवेयर निर्माता, लेखापाल तथा नर्सहरु विपरित लिंगीसँग दीर्घकालीन सम्बन्ध गाँस्न मन पराउने उल्लेख गरिएको छ ।
विश्वमा हुने धेरै अध्ययनहरु मध्ये यो अध्ययनले मानिसको पेशा अनुसारको स्वभावलाई उल्लेख गरेको छ । ऐजेन्सी

Comment