ब्लड क्यान्सर पिडितका लागि पिके फिल्मको विशेष प्रदर्शनी



help_programmeओएस नेपाल, पोखरा, ५ पुस । अमिर खानद्धारा अभिनित हिन्दी चलचित्र पिके को विशेष प्रदर्शनीबाट उठेको दुई लाख रुपैयाँ रकम नगद ब्लड क्यान्सर पिडित अर्जुन कार्कीलाई प्रदान गरिएको छ ।

सोसियल एक्सन नेपालले ब्लड क्यान्सर पिडित कार्कीको सहयोगका लागि बिग मूभिजमा विशेष शो को आयोजना गरेको थियो । फिल्म सुरु हुनुभन्दा अघि आयोजित एक कार्यक्रमका बिच लोकप्रिय गायक आनन्द कार्कीले दुई लाख रुपैयाँ कार्कीलाई हस्तान्तरण गर्नुभयो ।

लामो समयदेखि ब्लड क्यान्सर पिडित रामेछाप खिम्ती ५ का १७ वर्षिय कार्की सिभिल सर्भिस हस्पिटलमा उपचाररत छन् ।

Comment