चर्चित गायक राजेश पायल राई दुर्घटनामा परे, अवस्था गम्भिर


काठमाडौं । चर्चित गायक राजेश पायल राई दुर्घटनामा परेका छन् । तेश्रो गुल्मी महोत्सवमा दर्शकलाई मनोरञ्जन दिन गएका गायक राजेश पायल राई गुल्मीको दुबीचौरमा दुर्घटनामा परेर उनको टाउकोमा गम्भिर चोट लागेको छ ।

राईको अवस्था गम्भीर रहेको बताइएको छ । राईलाई दुर्घटनास्थलबाट तत्कालै उद्धार गरी अस्पताल पुर्याएर उपचार थालिएको छ ।उपचारमा संलग्न चिकित्सकले उनको अवस्था गम्भिर रहेको बताएका छन् । दुर्घटना कसरी भयो भन्ने विषयमा अझै केही खुलेको छैन । घटनाको थप विबरण आउन बाँकी छ । घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Comment