व्यवसायीले नै बनाउँछन् सौराहालाई फोहोर



saurahaओएस नेपाल, चितवन, ६ पौष । चितवनको पर्यटकीय नगरी सौराहामा जथाभावी फोहोरमैला गर्ने प्रवृत्ति बढ्दै गएको छ । देशकै तेस्रो पर्यटकीय क्षेत्रका रुपमा सौराहा परिचित भए पनि यस क्षेत्रमा जथाभावी फोहोर फाल्ने गर्दा पर्यटकहरुले सास्ती खेपेका छन् ।
प्राय गरेर ठूला–ठूला होटलहरुले नै सौराहा दुर्गन्धित बनाउँदै गएको पाइएको छ । सौराहालाई पूर्ण सरसफाइयुक्त पर्यटकीय क्षेत्र बनाउने अभियानअन्र्तगत आइतबार दिगो फोहर व्यवस्थापन तथा वातावरण संरक्षण सहकारी संस्था लिको आयोजना सरसफाइ कार्यक्रम भएको छ। सौराहाको टिपिन हाउस रेष्टुरेष्ट परिसरबाट सुरु गरिएको सरसफाइ कार्यक्रममा प्राय प्रमुख ठाउंहरुमा जथाभावीहरु फोहर फालिएको र मुख्य नगरी चित्रसारी पु्लनजिक बढी राप्ती किनारको सडकखण्डमा रातको समयमा जथाभावी फाहोर फालेको पाइएको दिगो सहकारीका उपाध्यक्ष एवं सरसफाइ कार्यक्रमका संयोजक धुव्र गिरीले बताए ।
अभियानअन्र्तगत सौराहाको प्रवेशद्धार चित्रसारी पुलदेखि निकुञ्ज प्रवेशद्धारसम्मको मुख्य बाटोमा सरसफाइ गरिएको सुन्दर, सफा सौराहा बनाउने अभियानका संयोजक धुव्र गिरीले जानकारी दिए । उनले यस ठाउँबाट २ ट्याक्टर फोहोरसमेत संकलन गरिएको जानकारी गराए । दिगो सहकारीसँगै सरसफाइ कार्यक्रममा रेवान सौराहा, प्याराडाईज युवा क्लब, क्षेत्रीय होटल संघ, रत्ननगर नगरपालिका, साना पर्यटन व्यवसायी समूह, सपना भिलेज सोसल ईम्प्याक्टलगायतका संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।
दिगो सहकारीका अध्यक्ष राजेन्द्रप्रसाद खरेलको अध्यक्षतामा सम्पन्न सरसफाई कार्यक्रममा रत्ननगर नगरपालिका कार्यकारी अधिकृत नारायणप्रसाद पाण्डे प्रमुख अतिथि रहेका थिए भने कार्यक्रममा रेवा सौराहाका अध्यक्ष सीताराम कुमाल, क्षेत्रीय होटल संघका द्धितीय उपाध्यक्ष दीपक भटराईलगायतले बोलेका थिए ।

Comment