विद्यार्थीलाई सहयोग गर्न विद्यार्थीले गरे बड्डे बैंकको स्थापना



ओएस नेपाल, पोखरा, ६ पुस । सानी सानी नानी च्यातीयको जामा लगाएर एक हातमा कपी र अर्को हात कलम लिएर मुस्कुराउदै थिइन् । उनि सगँ ठुल ठुला विद्यालय पोशाक मै रहेका छात्राहरु मुस्कुराउदै फोटो खिचाउदै थिए ।

studentसानी नानी थिइन् कास्कीको कास्कीकोट गाविस ४ लौरुकको एक विद्यालयमा कक्षा दुईमा पढ्ने आकृती नेपाली ।लौरुक ४ मा रहेको सरस्वती कुन्ज प्राविमा पढ्ने नेपालीलाई पोखरामा रहेको मदरल्याड उच्च माविमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुले जन्मदिनमा गर्ने खर्च र खाजा खर्च कटाएर ग्रामिण क्षेत्रका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेका थिए । नेपाली मात्रै हैन कापी, कलम र शैक्षिक सामाग्री पाए पछि अन्य बालबालिकाको अनुहारमा समेत खुसी छाएको थियो । मदरल्याड उच्च मावि कक्षा १२ को व्यवस्थापन समुहको ए मा अध्ययनर विद्यार्थीले जन्मदिन र खाजा खर्चमा कटाएर करिब २३ हजार संकलन गरेका थिए ।
सोहि रकमबाट कास्की दुई विद्यालयलाई विद्यार्थीलाई कपि र कलम, विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरेका हुन् । कास्कीको कास्कीकोट ४ मा रहेको सरस्वती कुन्ज प्राविका ८२ विद्यार्थी र ९ मा रहेको विजय प्राथामिक विद्यालयका ४० विद्यार्थीलाई सहयोग गरेका हुन् । साउनबाट संकलन गरेको रकमबाट उनिहरुले विद्यालयमा आवश्यक पर्ने औषधी, पढाउनका लागी आवश्यक सामाग्री, खेलकुदका सामाग्री र विद्यार्थीलाई कपि कलम वितरण गरेका थिए ।विद्यार्थीलाई सहयोग गर्ने पाएको खुसि व्यक्त गर्दै कक्षा १२ मा अध्ययनरत जोसना धमालले आगामी दिनमा अन्य विद्यार्थीलाई सहयोग गरिरहने बताइन् । उनले विद्यालयमा शिक्षक बामन कुमार घिमिरेको उत्पे्ररणले आफुहरुले विद्यार्थीहरुलाई सहयोग गरेको बताउदै साना बालबालिकाले पढ्न पाउन् भने आफुहरुको अभिलासा भएको बताए ।

त्यस्तै अर्का विद्यार्थी छिरिङ तासिले आफु सगँ पढ्ने अन्य सेक्सनका साथीहरु पिक्नीक गएको बताउदै आफुहरुले पढ्नलाई समस्या भएका बालबालीकालाई सहयोग गर्न पाएकोमा खुसि लागेको बताए । अघिल्लो वर्ष पिक्नीक जादा भन्दा विद्यार्थीलाई कपी कलम वितरण गर्दा धेरै नै मनमा शान्ती भएको छ उनको भनाई थियो । मदरल्याड उच्च माविका निर्देशक त्रिभुन बरालले विद्यार्थीहरु काचो माटो भएको बताउदै उनिहरुलाई राम्रो शिक्षा दिनु अहिलेको आवश्यकता भएको बताए । उनले सक्षम विद्यार्थीले ग्रामिण क्षेत्रमा पढ्न नसक्ने विद्यार्थीलाई सहयोग गर्दै जाने हो भने सबैले शिक्षाको अवसर पाउने बताए ।

आफुले गरेका राम्रो काम विद्यार्थीहरुलाई सुनाउदा विद्यार्थीहरु उत्प्रेरीत भएर सामाजीक कार्यमा लागेको शिक्षक बामन कुमार घिमिरेले बताए । उलने आफुले नेपाल, अमेरिका, अस्टेलीया लगातका देशमा यस्ता कार्यक्रम चालएको बताए । उनले विद्यार्थीलाई सानैबाट देशको गाउँ देखि शहर सम्म बुझ्ने अवसर समेत मिल्लने बताए । सामाग्री हस्तान्तरण कार्यक्रमा मदरल्याड उच्चमाविका प्रशासन प्रमुख डिलिराम भट्टराईले विद्यालयका अन्य कक्षा विद्यार्थीहरु पनि यस्तै कामका लागी जन्मदिन र खाजा खर्च कटाउने अभियान मै लागेको बताए । उनले विद्यार्थीहरुले बड्डे बैंक नै बनाएर अभियान सन्चालन गरेको बताए । विद्यार्थीहरु सामाग्री वितरणका लागी विद्यालय मै पुगेको थिए ।

Comment