जनता मालिक भए मात्र देशमा शुसासन कायम हुन्छ : मन्त्री पण्डीत



lalbabu panditओएस नेपाल, काठमाडौं, ७ पुस । देशको प्रशासनिक कामलाई दुरुस्त बनाउनका लागि सरकारले चालेको प्रशासनिक सुधार को लागि कसैको मुख हेरेर वा कसैको दबावमा परेर काम नगर्ने सामान्य प्रशासन मन्त्री लालबाबु पण्डीतले बताउनु भएको छ ।

मिडिया इन्टरनेशनलको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा मन्त्री पण्डीतले देशको कुभलो सोच्नेहरु, व्यक्तिगत स्वार्थका लागि काम गर्ने र आफ्नो पद बचाईराख्न चाहनेहरुका कारण मात्र अहिले यो समस्या सिर्जना भएको बताएका छन् ।

देशको प्रशासनिक क्षेत्रको सुधार धेरै ठाउँमा गर्नु पर्ने अवस्था रहेको बताउँदै मन्त्री पण्डीतले  अहिलेको संक्रमण कालको अवस्थामा जुनु जुन ठाउँमा व्यवस्था लागु गर्न सकिन्छ ती ठाउँहरुमा पुस १ गतेबाटै लागु हुने गरी पहिलो चरणमा काम थालिएको बताएका छन् । अहिले निजामति प्रशासनमा निजी स्वास्र्थका लागि मात्र काम गर्ने, निजीक्षेत्र तथा सरकारी दुबै क्षेत्रमा काम गर्ने, स्वदेशमा पद बचाएर विदेशबाट सम्पत्ती कमाउने लगायतका प्रबृतिहरु हाबी भएकोले नितिगत सुधार गर्नु आवस्यक रहेको बताउनु भयो ।
निजामती सेवालाई विशिष्टिकरण बनाउनका लागि कानुनमा चौथो संसोधन गरि व्यवस्थापिका संसदमा पठाईएको र त्यो कार्यान्वयनको अन्तिम चरणमा रहेको जानकारी दिनुभयो ।

अहिले सेवाग्राहिको बढी भिड हुने ठाउँ, राहदानी विभाग, आर्थिक कारोवार बढीहुने कार्यालय, मालपोत लगायतका ठाउँमा सेवाअवधि बढाईएको छ । अन्तरक्रिया कार्यक्रममा पूर्व सामान्य प्रशासन मन्त्री माधव पौडेलले निजामती सेवाभित्र थुप्रै सुधार गर्नु पर्ने आवस्यकता  रहेको बताउनु भयो । आफू सामान्य प्रशासन मन्त्री भएको बेला यो क्षेत्रमा विभिन्न सुधारको थालनी गरेको भएपनि विभिन्न कारणले लागु नभएको बताए । प्रशासनिक क्षेत्र सुधारका लागि विभिन्न चुनौती रहेको बताउँदै उहाँले प्रशासनिक संयन्त्रलाई स्वतन्त्र रुपमा काम गर्न नदिनु मुख्य चुनौती रहेको बताएका छन् ।

प्रशासन क्षेत्र सुधारका लागि कार्य सम्पादनलाई मूल्याङ्कन गर्ने छुट्टै स्वतन्त्र संयन्त्र हुनुपर्ने सुझाव दिएका छन् । अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रशासनिक सुधार आयोगका संयोजक कृष्णहरी बास्कोटाले प्रशासनिक सुधारका लागि सुशेली कानुन बनाईनु पर्ने, सेवाग्राही सहितको निर्देशक समिति गठन गर्नु पर्ने, र अधिकार सम्पन्न प्रशासनिक सुधार आयोग गठन गर्नु पर्ने कुरामा जोड दिनु भएको छ । साथै कर्मचारी सरुवाको व्यवस्था पारदर्शी र पदपुर्तीको व्यवस्थालाई जिल्लाबाट सुरु गरी केन्द्रलाई अन्तिममा राख्नु पर्ने सुझाव दिनुभयो ।

मिडिया इन्टरनेशनलका अध्यक्ष माधव निर्दोषको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न सञ्चार माध्यमा कार्यरत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

Comment