लापरवाही पूर्वक गाडी चलाउँदा बेलायती सांसदको मृत्यु भएको भन्दै अदालतले गर्यो भूतपूर्व गोर्खा सैनिकलाई दोषी ठहर



लन्डन । बेलायतको एक अदालतले लापरवाही पूर्वक गाडी चलाउँदा एक बेलायती सांसदको ज्यान गएको भन्दै भूतपूर्व गोर्खा सैनिकलाई दोषी ठहर्याएको छ।

स्कुटरमा सवार ८७ वर्षीय लर्ड टेलर अफ ब्ल्याकबर्नलाई ठक्कर दिएको घटनामा भूतपूर्व गोर्खा सैनिक कुल पाण्डेलाई दोषी ठहर गरेको हो।

अदालतले पाण्डेलाई बयानका आधारमा सजायँ भने कम गरेको छ। उनको सवारी चालक अनुमतिपत्र तीन वर्षकालागि खारेज गरिएको र उनलाई २०० घन्टा अवैतनिक सामाजिक सेवा गर्न भनिएको छ।बेलायतको ओल्ड बेली अदालतले कुल पाण्डेलाई दोषी ठहर गरेको हो।

Comment