ह्वात्तै बढ्यो सुनको मूल्य, यस्तो छ आजको भाउ



काठमाडौं– बुधबार सुनको मूल्य ५ सय रुपैयाँले बढेको छ । लगातर पाच दिन सम्म स्थिर रहेको सुनको मूल्य आज भने ५ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार सुन प्रतितोला ५७ हजार ९०० रुपैयाँ कायम भएको थियो ।त्यस्तै जावी सुन भने प्रतितोला ५८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।चाँदीको मूल्यमा पनि प्रतितोला ५ रुपैयाँले बढेर प्रतितोला ७४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Comment