मादक पदार्थ सेवन गरी आफ्नै श्रीमतीमाथि खुकुरी प्रहार गरे ईन्द्रले



पाँचथर -पाँचथरको फाल्गुनन्दका ४५ वर्षीय ईन्द्र नेम्वाङले आफ्नै श्रीमतीमाथि खुकुरी प्रहार गरेका छन् ।

मंगलबार बेलुका ९ बजेतिर अत्याधिक रक्सी सेबन गरी सामान्य वादविवादमा खुकुरी प्रहार गरेको बताइएको छ ।

खुकुरी प्रहारबाट शरीरको विभिन्न भागमा चोट लागेकी उनको जिल्ला अस्पताल फिदिममा उपचार भइरेहको छ ।ईन्द्रलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Comment