अमेरिकामा कार दुर्घटनामा परी धादिडका राघवको ज्यान गयो

Posted By OSNepal, California, USA || Date: 11 April, 2018

अमेरिका-अमेरिकाको भर्जिनियामा भएको कार दुर्घटनामा परी एक नेपालीको ज्यान गएको छ । ज्यान जानेमा धादिड नीलकण्ठका २६ बर्षिय राघव रिजाल रहेका छन् । अध्ययन सकेर व्यवसायमा संलग्न रहेका राघवका एक दाई आमा बुबा अमेरिकामा बस्दै आएका छन्।

प्रहरीले कानुनी प्रक्रिया पुरा गरिसकेपछी दाह सँस्कारका बारेमा निर्णय गरिने परिवारले जनाएको छ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिङटन डिसी मेट्रो कमिटीका अध्यक्ष रामप्रसाद खनाल र महासचिब भुपनारायण घर्तिमगरले एक शोक बिज्ञप्ती प्रकाशित गर्दै राघबको दुर्घटनामा निधन भएको खबरले आफुहरु स्तब्ध भएको बताएका छन।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!