धर्म निरपेक्ष संविधान आउछ : नेपाल



Madhav Nepalओएस नेपाल, काठमाडौं, ९ पुस । नेकपा एमालेका नेता माधवकुमार नेपालले  धर्म निरपेक्ष, शान्ति, सदभाव र मेलमिलाप सहितको संविधान आउने बताएका छन् ।

पूर्व प्रधामन्त्री समेत रहेका नेपालले हिन्दू धर्मको कुरा उठिरहेको तर्फ लक्षित गर्दै नेपालमा एउटा मात्र धार्मिक स्वतन्त्रताको संविधान नभई धर्म निरपेक्ष संविधान आउने बताएका हुन् । नेता नेपालले भनेका छन् धर्म निरपेक्ष, शान्ति, सदभाव र मेलमिलाप सहितको संविधान आउछ । केही दलहरु सहमतिमा आउन नचाहे पनि उनीहरुलाई सहमतिमा ल्याई जनताको संबिधान तोकेकै मितिमा जारी हुन्छ ।’

नेता नेपालले संविधानका विवादित बिषयलाई थाति राखेर भएर पनि माघ ८ गते संविधान जारी गर्नुपर्ने धारणा समेत राखेका छन् ।

उनले  पूर्वनिर्धारित समय माघ ८ गते नै संविधान जारी गर्नुको विकल्प नभएकाले प्रमुख राजनीतिक दलका बीचमा न्युनतम सहमति गरेर भए पनि माघ ८ मा संविधान जारी गर्ने बताए ।

बुधबार राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले काठमाडौंमा गरेको मोटरसाईकल र्‍याली उदघाटन गर्दै  नेता नेपालले थप भने ‘आ–आफ्ना विमतिलाई थाति राखेर न्यूनतम सहमति कायम गरौं र माघ ८ मै नयाँ संविधान जारी गरौं ।’

Comment