एमाले माओवादी एकता प्रकृया लम्बिदै..,एकता संयोजन समितिको बैठक स्थगित


नेकपा एमाले र माओवादी पार्टी एकता प्रकृया लम्बिदै गएको छ । प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन अघिनै पार्टी एकताको तयारी गरेका दुई ठुला पार्टीबीच हुने भनिएको एकता प्रकृया लम्बिदै गएको छ ।

पार्टी एकता प्रकृयालाई मुर्तरुपम दिनको लागि आज बसेको पार्टी एकता संयोजन समितिको बैठक पनि स्थगित भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अवस्थताका कारण बैठक स्थगित भएको नेताहरुले बताएका छन् ।

विवादित विषयहरुमा सहमति खोज्न समितिको बैठक आज साँझ ५ बजे बोलाइएको थियो । पार्टी एकता प्रकृयाको क्रममा माओवादी केन्दले समेत पार्टीमा आधा हिस्सा माग गरेपछि एकता प्रकृया लम्बिदै गएको जानकारहरुको भनाइ छ ।

Comment