म त्यो हुलमा किन सामेल हुन्थे र आमा ?



म राष्ट्रबादी ?

प्रताप शर्मा

भोको पेटमा लखतरान मेरो शरीर
राष्ट्रबादको उनको उखानले भरिने भए
म त्यो हुलमा किन सामेल हुन्थे र आमा ?

लाखौं युवाको हुलमा ,
हातमा कोरियाको फर्म बोकेर ,
दर्शनको कुरा गर्ने यो राष्ट्रबादी ,
रेमीट्यान्स को भरमा गफ चुट्ने राष्ट्रबादी नेता
जसको चित्र बुझनै गाह्रो छ ,आमा ।

दात्रि निकायको सातो लिए जस्तो गर्ने ,
भित्र भित्र सेट्टिङमा मानब श्रोत बेच्ने
कठै , म राष्ट्रबादी नेताको जनता ,
प्रक्रिती पछी मानब श्रोत बेच्दै गरेका नेता
अब पालो सम्पदा को , जोगिन्न कि भन्ने छ चिन्ता ?

खोक्रो हुँदै छ राष्ट्रबाद ,
गफमा रनभुल्ल , म सोझो जनता
कोही त उठ ,जोगाउ मेरो देश ।।।

Comment