जातीय पहिचान पक्षधर प्रचण्ड नेतृत्वको मोर्चा आक्रामक बन्दै



Prachandaओएस नेपाल, काठमाडौँ, ९ पुस । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रण्डले नृत्त्व गरेको पहिचान पक्षधर ३० दलिय मोर्चाले बुधबार एक पत्रकार सम्मेलन गर्दै आफ्नो धारणा सार्वजनिक गर्दै छ ।

सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले नयाँ संविधानका विवादित विषयमा सहमति गर्नु भन्दा संख्यात्मक खेल खेलेको अरारोप लगाउँदै गत शनिबार बालुवाटार बैठकपछि सरकारसँग कुनैपनि औपचारिक संबादमा नबस्ने घोषणा गरेको थियो ।

प्रचण्ड नेतृत्वको मोर्चाले यसअघि नै लेशव्यापी बिरोध कार्यक्रम सार्वजनिक गरेको छ । मोर्चाले जातीय पहिचान सहितका १४ प्रदेशको माग गर्दै आएकाृ  छ।

प्रादेशिक हड्ताल र माघ ५ गते आमहड्ताल गर्नेसम्मको निर्णय गरेको मोर्चाले आज थप कार्यक्रम सार्वजनिक गर्ने बुझिएको छ । प्रचण्ड नेतृत्वको मार्चाले आजको पत्रकार सम्मेलन मार्फत विरोधका कार्यक्रम समेत सार्वजनिक गर्ने समेत बुझिएको छ ।

Comment