रमेश राजीनामा नदेउ- नेपाल प्रहरीको २६ औं आइजीपीमा नियुक्त सर्वेन्द्र खनाल


सन्दिप योगी, ५ नंबर प्रदेश, बाँके( नेपालगन्ज) । नेपाल सरकारले डीआइजी सर्वेन्द्र खनाललाई नेपाल प्रहरीको २६ औं आइजीपीमा नियुक्त गरेपछि उनकै ब्याच मेट डिआइजी रमेश खरेलले राजिनामा दिने घोषणा गरेपछि अबका आइजीपि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले राजिनामा नदिएर संगै मिलेर काम गर्न आग्रह गरेका छन।

एसएसपी बढुवा हुँदा सम्म १ नंबरमा रहेका रमेश खरेल डिआइजी बढुवा हुँदा २ नंबरमा परेका थिए भने सर्वेन्द्र खनाल १ नंबरमा । सरकारले प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाललाई बनाएपछी खरेलले ह्युमिलिएट फिल भएको कारण राजिनामा दिन लागेको ओएस नेपालसंग संक्षिप्त कुराकानीमा बताए भने सर्वेन्द्र खनालले ओएस नेपालसंग कुरा गर्दै भने २८ वर्षसम्म संगठनमा सँगै मिलेर काम गर्यौँ अबपनी रमेश र म मिलेर संगठनलाई मजबुत बनाएर अगाडि बढ्ने छौँ ।

रमेशलाई राजिनामा फिर्तालिन म आग्रह गर्दछु र मैले भेटेरपनी भनेको छु । हामी दुबै राम्रा साथीहरू पनि हौँ । २९ वर्ष नेपाल प्रहरीको सेवा गरेका खरेलले प्रहरी प्रमुखमा नियुक्त भएका सर्वेन्द्र खनाललाइ बधाई समेत दिएका छन ।

रमेश खरेलको राजीनामा स्वीकृत

गृह मन्त्रालयले प्रहरी नायब महानिरीक्षक (डिआईजी) रमेश खरेलले दिएको राजीनामा स्वीकृत गरेको छ ।

प्रहरी महानिरीक्षक (आईजीपी) का दाबेदार रहेका खररेलले सर्वेन्द्र खनाललाई महानिरीक्षक बनाएपछि असन्तुष्टि व्यक्त गर्दै आज राजीनामा दिएका थिए । खरेलले दिएको राजीनामा आजै स्वीकृत भएको छ ।

खरेलले आफू अपमानित भएर काम नगर्ने भन्दै राजीनामा दिएका हुन् ।

खरेल २०४५ सालमा भलिबल खेलाडीको रुपमा नेपाल प्रहरीमा भर्ना भएका थिए ।

खरेल नवनियुक्त आइजी सर्वेन्द्र खनाल र डिआइजी पुष्कर कार्कीसँगै २०४६ साल माघ २९ गते प्रहरी निरीक्षकको परीक्षा पास गरेका थिए ।

३० वर्षीय सेवा अवधिका कारण उनले १० महिनापछि अवकाश पाउँदै थिए ।

Comment