यी चर्चित एमाले नेताकी छोरी शृङ्खलाले जितिन् मिस नेपालको ताज, जो आँफैमा इन्जिनरिङकी विद्यार्थी हुन्



काठमाडौँ । यस वर्षको मिस नेपालको ताज हेटौडा स्थायी घर भएकी २२ वर्षीया शृङ्खला खतिवडाले जितेकी छिन् । गएराती सम्पन्न अन्तिम प्रतिस्पर्धामा २४ प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस नेपालको ताज जितेकी हुन्।

मिस नेपाल विजेता इन्जिनरिङकी विद्यार्थी हुन्। उनी राजनीतिक परिवारबाट आएकी हुन्। उनी मकवानपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा चुनिएका एमाले सासंद विरोध खतिवडाकी छोरी हुन्।

त्यस्तै उनकी आमा मुनु सिग्देल नेकपा एमाले मकवानपुरको जिल्ला अध्यक्ष हुन्। राजनीतिक परिवारबाट आएकी र इन्जिनरिङकी विद्यार्थी शृङ्खला कुटनिति र चातुर्यतामा समेत उत्तिकै अगाडी हुनु र सुन्दर हुनु नै बिजेता बन्नुको उपज हो ।

Comment