नुवाकोटका राजिव बने अमेरिकी सेनाको बिमान उडाउने पहिलो नेपाली, अमेरिकी सेनामा भर्ती भए लगत्तै पाए ठूलो जिम्मेवारी



काठमाडौँ । अमेरिकी सेनाको बिमान नेपाली नागरिकले उडाएको कुनै समय कल्पना मात्रै हुन्थ्यो । तर अहिले नेपाली नागरिकहरु पनि एकपछि अर्को गर्दै विभिन्न प्रतिशिष्ठित पेशामा पनि जम्न थालेका छन् । जसको पछिल्लो उदाहरण हुन् नुवाकोटका राजिव । नुवाकोटका राजिव सिटौला उमेरले जम्मा ३० वर्षमा लागे पनि कामका हिसाबले उनी धेरै अगाडी पुगीसकेका छन् । ७ वर्ष अगाडि अमेरिकी सेनामा कार्यरत राजिव अमेरिकी सेनाको ‘वारेण्ट अफिसर वान’ पदमा हालैमात्र पदोनन्ती भएका छन् ।

अमेरिकी सेनामा पहिलो नेपाली वायुयान चालकका रुपमा रहेका राजिव अमेरिकी सेनामै रहेर पाईलट कोर्स सम्पन्न गरी अमेरिकी आकाश र अमेरिकी सेना रहेका बिदेश स्थित क्याम्पहरुमा बिमान उडाउँदै एक कुशल विमान चालकको छवी समेत बनाईरहेका छन् । राजिबले अमेरिकी सेनामा प्राप्त गरेको सफलता धेरै युवाहरुका लागि मार्गदर्शक समेत वन्न सक्छ । नुवाकोटको पंचकन्या गाउँपालिका वडा नं. ६ को भद्रुटारमा पिता रामराज सिटौला र माता निर्मला सिटौलाको पहिलो सन्तानको रुपमा जन्मिँदा नै राजिव भिन्न सोच र फरक विचार राख्थे । उनको त्यही दुरदर्शीताका कारण राजिव आज अमेरिकी आकाश र अमेरिकी सेनाका काममा अब्बल देखिएका छन् ।

सानै उमेरदेखि पढाईमा अव्वल सावित हुँदै आएका राजिवको सफलताले नेपालमा रहेका उनका मातापिता अत्यन्त हर्षित बनेका छन् । राजीवका बुबा पनि समाजसेवी हुन् । काठमाडौंको गोंगबुमा रहेर सामाजिक कामहरुमा समेत सक्रिय राजिबका पिता रामराज भन्छन् – ‘राजिबको सफलताले नेपालको समेत प्रतिनिधित्व गर्नु हाम्रो लागि अत्यन्त गर्वको बिषय हो र उसमा रहेको दृढ आत्मबिश्वासले अझै धेरै सफलता प्राप्त गर्नेमा हामी बिश्वस्त छौं ।’

अहिले राजीवका कारण उनका परिवार र आफन्तले मात्र गर्व नगरी देशले नै उनको कामको तारिफ गर्ने दिन आओस् राजीवलाई शुभकामना ।

Comment