पार्टी एकता नहुने खबर बाहिरिरहेका बेला चितवनबाट प्रचण्डले यसो भने


नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले–मोआवादी केन्द्रबीच तोकिएको समय(वैशाख ९)मा पार्टी एकता हुने दाबी गरेका छन् । पार्टी एकता नहुने भन्दै समाचारहरु आइरहेका बेला प्रचण्डको यस्तो भनाई सार्वजनिक भएको हो ।

बिहीबार बिहान चितवन पुगेका अध्यक्ष प्रचण्डले एमालेसँग सहज ढंगले सम्बन्ध अघि बढिरहेको बताएका छन् ।उनले भनेका छन्, ‘हामी पार्टी एकता टुङ्गिने बेलामा अझ गम्भीरतापूर्वक छलफल गर्नुपर्ने हुन्छ, किनभने अब एउटै पार्टीका रुपमा अगाडि बढ्ने हो ।’

पार्टी एकताप्रति आशंका उत्पन्न नगर्न प्रचण्डले आग्रह गरेका छन् । उनले भने, ‘एकता अन्तिम टुङ्गोमा पुर्याउने बेला अलिक बढी छलफल हुनु स्वभाविक हो । तर, यसैलाई आधार बनाएर एकताप्रति आशंका गरिनु स्वभाविक छैन ।’

प्रचण्डले प्रधानमन्त्री ओलीसँग आफ्नो र एमाले–माओवादी केन्द्रका सबै नेता–कार्यकर्ताबीच हार्दिक सम्बन्ध रहेको बताए ।

Comment