‘समस्यालाई उछाल्ने होइन समाधान गर्ने बानीको खोजी’ले प्रधानमन्त्री ओलीको हृदय परिवर्तन भएको जनाउँछः अर्जुननरसिंह के.सी



(नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री अर्जुननरसिंह के.सी.सँग ओएस नेपालका पत्रकार एच.बी ताम्राकारले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणलाई लिएर गरिएको विशेष महत्वको कुराकानी )

प्रधानमन्त्री के.पी.शर्मा ओलीले हालै (चैत्र २३ देखि २५ गते) गर्नुभएको भारतको ३ दिने भ्रमणलाई तपाईँ काँग्रेसका प्रभावशाली नेताको हैसियतबाट कुन रुपमा मूल्याङ्कन गर्नुहुन्छ ?

प्रधानमन्त्री के.पी. शर्मा ओलीको भारत भ्रमणलाई हामी (नेपालीकाँग्रेस) ले वस्तुवादी तथा सम्यक दृष्टिकोणबाट हेरेका छौँ । यस भ्रमणमा भारतले सदा झैं असल छिमेकीको सद्भाव देखाएको छ । यो हामी दुई छिमेकी बीच दुई पक्षीय सरोकारमा सीमित भ्रमण हो । नेपाल र नेपाली जनताको लागि भारतबाट देखाइएको सदभाव हो । मुलुकको सबभन्दा ठूलो र पुरानो लोकतान्त्रिक पार्टी नेपाली काँग्रेस जिम्मेवार मूख्य प्रतिपक्षी पार्टीका रुपमा बसेकोले पनि ओलीजीलाई यो भ्रमणका लागि सकारात्मक वातावरण बनाउन सहज भएको हो । “सगरमाथाको देशलाई सागरसम्म पहुँच दिलाउने” भारतीय प्रधानमन्त्री मोदीको आश्वासन भारतीय पक्षको उत्साहपूर्ण मनस्थितिको प्रतिबिम्ब हो ।

तर भ्रमण र भेटघाटका क्रममादुई प्रधानमन्त्रीको एक्लाएक्लै कुराकानीपनिभए, यसमाकुनै रहस्य देख्नुहुन्न?

एक्लाएक्लै कुराकानी यो भ्रमणमा मात्रभएको होइन, यसअघिका भ्रमणमा भएकै हुन् । यसलाई सामान्यतया सहज रुपमा नै लिनुपर्छ । मेरो भनाई कतिमात्रहो भने कुराकानीको सम्पूर्ण विवरण (verbatim)संस्थागत स्मृतिमा रहनुपर्छ । किनकि यो ओलीजी र मोदीजीको निजी भेटघाट र कुराकानी मात्र होइन, दुई मुलुकको भेटघाट हो ।
एक्लाएक्लै र सामुहिकवार्तामा केके कुरा भए, त्यसको यथार्थ रुपहामीसम्मआईनपुग्ला । तसर्थ हामीले संयुक्त विज्ञप्तिको आधिकारिकतालाई मान्ने हो । वास्तबमायसपालीदुईपक्षीयवार्ताको क्रममा उठेका धेरैजसो प्रसंगहरू पहिले नै प्रतिबद्धता भइसकेका एजेण्डा र घोषणा हुन् । जस्तै ः

 २०५४ जेठ २५ गते शनिबार (जुलाई ७, १९९७) माभारतकातत्कालीनप्रधानमन्त्रीश्री इन्दरकुमार गुजराल नेपालको भ्रमणमा आउँदाउहाँका नेपाली समकक्षीश्री लोकेन्द्रबहादुर चन्दसँगको वार्तापछि संयुक्त विज्ञप्तिमा जलमार्गको कुराले प्रवेश पाएको थियो ।

 पछिल्लो जनआन्दोलन सम्पन्न भएपछि २०६३ मा भारत भ्रमणमा जानुभएका तत्कालीन प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति स्व. गिरिजाप्रसाद कोइराला र उहाँका भारतीय समकक्षी डा. मनमोहन सिंहबीचको वार्तापछि जयनगर–जनकपुर बर्दिवास रेलमार्ग, बिराटनगर–जोगवनी रेलमार्ग, सुनौली–भैरहवा रेलमार्ग, रक्सौल वीरगंज रेलमार्गसहित यीभन्सार नाकाहरूलाई आधुनिकीकरण गरी रेलमार्ग सहितको एकीकृत जाँचचौकी (Integrated Check Post= ICP) को निर्माण गर्ने प्रतिबद्धता भएको थियो ।सो बमोजिमकामभइरहेको पनि छ र हालै विरगञ्ज ICP को उद्घाटन पनि भइसकेको छ । साथै पूर्व पश्चिम रेलवेको कुरा प्रस्तावित हुँदा हुलाकी राजमार्ग निर्माण गर्नुपर्ने महत्वले प्राथमिकता पाएपछि पूर्वपश्चिम रेलमार्गको कामप्राथमिकताक्रममा पेन्डिङ्मा रहेको हो ।

 रक्सौल–अमलेखगञ्ज पेट्रोलियमपाइपलाइनकाँग्रेस सभापति स्व. सुशील कोइरालाप्रधानमन्त्रीभएको बेला२०७१ मा नै सम्झौतामा परेको जुन हालै शिल्यानाश गरियो

 रक्सौल–काठमाडौं रेलवे यस भ्रमणको नयाँ सम्झौता हो ।

प्र.म. ओलीजी र उहाँकाभारतीय समकक्षीबीचको कुराकानीमा ओलीजीले नेपालको समग्र विषय र एजेण्डा प्रस्तुतगर्नुभएको छ भन्ने लाग्छ ?

त्यो मान्यताकाआधारमाहेर्ने हो भने धेरै महत्वपूर्ण एजेण्डा संयुक्त बिज्ञप्तिमा उल्ल्येख नै नै भएनन् । नेपालले प्रस्तुतगर्नुपर्ने हो । महाकाली सन्धी तथा पञ्चेश्वर बाँध, नेपालप्रहरीको एकेडेमी निर्माण, तराईको डुबानतथा बाढी–पहिरो समस्या, टेलिफोन महसुल घटाउने,१ हजार र ५ सयका मौज्दात भारु नोट साट्ने, विद्युत खरिदसम्बन्धी अब्यावहारिक निर्देशिका संशोधन गर्ने, सुस्ताकालापानी जस्ता विगतमा आफैले उछालेका सीमा समस्या, नेपाली उत्पादनले भारतमानिर्वाध प्रवेश पाउनुपर्ने तथाब्यापार घाटा नियन्त्रण गर्ने र हाल नेपाल अध्यक्ष मुलुक भएकोले सार्कको अनिश्चितशिखर सम्मेलनबारे के गर्ने जस्ता जल्दाबल्दा महत्वपूर्ण सवाल वा एजेण्डाबारे कुरा भएको संयुक्त विज्ञप्तिले देखाउँदैन ।वास्तबमा यी जल्दाबल्दा समस्या भारतको मैत्रीपूर्ण प्रयासमा समाधानहुनुपर्ने जनतासँग प्रत्यक्ष गॉंसिएका सवाल हुन् ।
संविधानसभा÷संसद चलिरहँदा तत्कालीन प्र.म. श्री शेरबहादुर देउबाले भारतको भ्रमण गर्ने बेलामा तत्कालीन मूख्यविपक्षी दलका नेताको हैसियतमा भाषण गर्दै श्री के.पी. ओलीजीले तराईमा बाढी र डुबानको समस्याले अतिजोखिममा पारेको, कालापानी तथा सुस्ता समस्याको समाधानएवं प्रधानमन्त्रीले भारतको भ्रमणका बेला जोडदार रुपमा उठाउनुपर्ने भनीमाग राख्ने उहाँ नै प्रधानमन्त्री भएको बेला आफ्नै त्यो आवाज यो भ्रमणका बेला किन लिन भयो ? यो जिज्ञासाकै विषय छ ।

जलमार्ग र रेलमार्गमाभएका सम्झौतालाई ‘चीनलाई जवाफ’भनी भारतीय सञ्चारमाध्यममा उल्लेख गरेका छन् । के यो चीनलाई जवाफ नै हो ?

रक्सौल–काठमाडौँ विद्युतीय रेलमार्ग, जलमार्गको विकास र विस्तार, कृषिमा साझेदारीको विकास गर्ने, पूर्वाधार विकास परियोजना स्थापना, नयाँहवाई रुट र गन्तब्यविस्तार गर्दै जाने उत्साहजनक घोषित निर्णय त हुन्, तरअहिले नै उपलब्धीका रुपमा छैनन् ।यीविषयलाई नेपाली काँग्रेसले “चीनलाई जवाफदिएको”भन्ने अर्थ लगाएको छैन । एउटा मित्र राष्ट्रसँग भएको सहमतिअर्को मित्रराष्ट्रलाई जवाफहो भन्ने अर्थ लगाउनु एकदमै गलतहो भन्ने मेरो मान्यता छ ।
भ्रमणबाट फर्केर एयरपोर्टमा आएपछि प्रधानमन्त्रीओलीले भनेको, “समस्यालाई उछाल्ने होइन समाधानगर्ने बानी हुनुपर्छ” भन्ने कुराले विगतमाआपैmँले स्थितिलाई बढाइचढाइ र उछाल्ने काम गरेको ब्यवहार मुलुकका लागि कति अब्याबहारिक र घातक हुन्छ भन्ने कुराको भुक्तभोग वा अनुभव हो भने यसलाई सद्बुद्धिका रुपमा लिनुपर्छ ।विगतमा समाधानभन्दा समस्यालाई झन् चर्काउने किसिमका नारावाजी गरेको मानसिकताबाट आज यस्ता कुरा सुन्न पाउनु हृदय परिवर्तनका रुपमा स्वागत–प्रतिक्रियादिन हामी हिच्किचाउँदैनौँ ।त्यसैले यो यथार्थवोधकालागि उहाँ धन्यवादको पात्र हुनुहुन्छ ।

त्यसो भए प्रधानमन्त्री ओलीमा हृदय परिवर्तन भएको हो त ?

संविधान संशोधन गरी तराई–मधेश लगायतजनजाति र बञ्चितबोध भएकाकतिपय समुदायलाई संशोधनद्वारा दायरा फराकिलो पार्दै सबैलाई समेटेर संविधानलाई राष्ट्रिय एकताको सूत्रका रुपमाविकसित गर्नुपर्छ भनी नेपाली काँग्रेसले प्रयास गर्दा“राष्ट्रघाती संशोधनमा सही नगर्ने” जस्ता ‘समस्यालाई उछाल्ने’ लवजहरू हामीले धेरै सुन्दै आयौँ । आज प्रधानमन्त्री ओलीजी संविधान संशोधनको पक्षमा बोल्नथालेको पाउँदापनि हामीले हृदय परिवर्तनको अर्थमा लिएका हौँ ।भारतसँग सम्बन्ध सुधार्नुलाई ‘भारतसमक्ष घुँडा टेकेको’, ‘भारतपरस्त भएको’ जस्ता बनिबनाउ र पूर्वाग्रही आरोप लगाउने प्रवृत्तिपनि हामीबीचमा छ । लघुताभास र असुरक्षा (Inferiority & insecurity) को पञ्चायतकालीन ह्याङ्ओभरबाट हामीले माथि उठ्नसक्नु पर्छ भनीहामीले भन्दाउहाँहरू नै अनेकौँ सन्देहका कुरा उछाल्नु हुन्थ्यो । नेपालको सन्दर्भमाभूपरिवेष्ठित (Land-locked) को मान्यता अब पुरानो भइसक्यो । Connectivityमा दिइएको जोड, दुवै विशाल अर्थतन्त्रका छिमेकीको आर्थिक प्रतिष्पर्धा र प्राथमिकताले नेपाललाईभूपरिवेष्ठित (Land-locked) होइन भू–सम्पर्क मुलुक (Land-linked Country) बनाएको छ । यो अत्यन्त स्वागतयोग्य कुरा हो ।

चीनको बोआओ सम्मेलनमा नेपालसँधै भागलिँदैआएकोमायसपालीयो भ्रमणले त उपेक्षा गरेजस्तो देखियो नि !

चीनको बोआओ शहरमाचैत्र २५ गते आइतबारदेखि शुरू भएको ४ दिने विश्व सम्मेलनमा नेपालको उच्चस्तरीय सहभागितापहिलोपटक यसपालीनहुने कुरा यस सन्दर्भमा अर्थपूर्ण हुनसक्छ । नेपालको प्रतिनिधित्व हुनु पथ्र्यो भन्ने मेरो धारणा हो । “महानतम समृद्धियुक्त विश्वकालागिखुलातथाउन्नतएशिया” (An Open and Innovative Asia for a World of Greater Prosperity) विषयकउक्त सम्मेलनमा नेपालले सँधै उच्चस्तरमाभागलिँदै आएको थियो । तर उच्च स्तरमा नभएपनि प्रतिनिधित्व हुनुपथ्र्यो भन्ने मलाई लाग्छ ।

Comment