नेष्डो नेपालको ३८ औं शाखाका रुपमा माडी शाखाको औपचारीक शुभारम्भ



nesdo nepal

ओएस नेपाल, पोखरा, १० पुस । नेष्डो सुचना विभाग÷विगतमा विद्यमान राजनीतिक द्धन्द पश्चात लघुवित्तीय सेवावाट वन्चितीमा परेका दक्षिण चितवनको माडी क्षेत्रका विपन्न तथा महिलाहरुलाई सुलभ वित्तीय सेवा प्रवाह गर्ने उद्देश्यले संस्थाको ३८ औं शाखाको रुपमा स्थापित माडी शाखाको विहिवार वसन्तपुर माडीमा एक समारोहका विच औपचारिक समुद्घाटन भयो ।

राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था,नेष्डो नेपालको १४औँ लघुवित्त दिवस एवम् ५१ दिवसीय शान्ति र संविधानका लागि जनदवाव अभियान—२०७१ अन्र्तगत अभियानका अवसरमा अभियानको चौविसौ दिन सो शाखा उदघाटन सम्पन्न भएको छ ।

शाखा उद्घाटन गर्नु हुँदै कार्यक्रम प्रमुख अतिथि लघुवित्त संघ, मिफान नेपालका राष्ट्रिय उपाध्यक्ष, फेडेन नेपालका केन्द्रिय सचिव एवम् नेष्डो नेपालका संस्थापक अध्यक्ष विश्वप्रकाश प्रसाईले संस्थाले विगत ५ वर्ष देखि चितवन जिल्लामा चारवटा शाखा कार्यालय स्थापन गरी सेवा प्रदान गर्दै आई रहेको सन्दर्भमा जिल्लाका सवै गाविसमा लघुवित्त सेवालाई विस्तार गर्ने उद्देश्यले एक वर्ष यता मुग्लिङ्ग र माडी शाखा सञ्चालनमा ल्याएको वताउनु भयो ।

चितवनका अन्य गाविसका तुलनामा माडी क्षेत्रमा लघु वित्तीय सेवामा सुलभ पँहुच पुग्न नसकेको वताउदै संस्थाको अनुकरणीय वचत, कर्जा तथा कल्याणकारी सुविधाले यस क्ष्ोत्रको जनजीवनमा सकरात्मक परिवर्तन आउने वताउनु भयो । कार्यक्रममा नेपाली काँग्रेसका प्रतिनिधी, महासमिति सदस्य एवम संविधानसभाका प्रत्यक्षा उम्मेदावार सविता वरालले नेष्डो नेपालले एउटा विपन्न परिवार तथा महिलाका लागि जन्म देखि मृत्यूसम्मका हरेक दुःख, सुखमा साथ दिने कल्याणकारी सेवाहरु दिंदै आएकोले अन्य संस्थाको तुलनामा लोकप्रिय भएको वताउदै माडी क्षेत्रमा संस्थाको उपस्थिती सौभाग्यका रुपमा रहेको वताउनु भयो । महिला समृद्धीको आधार आर्थिक विकास भएको वताउदै लघुवित्तले महिलाको चेतना, संगठन र आयआर्जनका माध्यमले समृद्धी तर्फ उन्मुख गर्ने वताउनु भयो ।

कार्यक्रममा नेकपा एमालेका जिल्ला सदस्य कमल रामदामले कुनै पनि जातजाती, धर्म, लिङ्ग र राजनीतिक आस्था भन्दा माथी रहेर महिला तथा विपन्न वर्गलाई सेवा दिनु नेष्डो नेपालको सह्रानीय पक्ष भएको वताउदै यस संस्थाको सेवालाई अवसरका रुपमा लिनुपर्ने वताउनु भयो । कार्यक्रममा उद्योग वाणिज्य संघ, माडी इकाईका अध्यक्ष रेशमलाल आचार्यले माडी क्षेत्रमा केही वित्तीय संस्थाहरुले विगत देखि सेवा दिंदै आइरहेको भएता पनि नेष्डो नेपालका सुविधाहरु अत्यन्त महिला तथा विपन्नमैत्री रहेकाले यस क्षेत्रमा सफल हुने वताउनु भयो । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी माडीका सभापति शसिधर वराल, पारालिगल कमिटी कल्याणपुरका अध्यक्ष सरस्वती विष्ट लगायतले नेष्डो नेपालले वित्तीय सेवाका अलवा संस्कार र अनुशासनमा जोड दिएकोले समाज परिवर्तनमा थप टेवा पुग्ने वताउनु भयो ।

ृृृृकार्यक्रम नेष्डो नेपाल माडी शाखाका प्रवन्धक कृष्ण वहादुर वि.क.को अध्यक्षता, लघुवित्त विभाग प्रमुख विश्व वन्धु प्रसाईको स्वागत, प्रशासकिय अधिकृत इन्द्र खत्री क्षेत्रीको प्रतिज्ञा एवम् सुचना व्यवस्थापन अधिकृत ओम्ना क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

गत मंशिर १५ गते देखि अनौपचारिक रुपमा कार्य गर्दै आई रहेको माडी शाखाले वितेका २० दिनमा माडी नगरपालिका भित्र १३० घरधुरीलाई संस्थामा आवद्ध गरी १ लाख ४५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने सदस्यवाट २७ हजार ६९० रुपैयाँ वचत संकलन गरेको शाखाका केन्द्र प्रवन्धक विष्णु नेपालीले वताउनु भयो ।

Comment