जन्मदिनमा १० लाखको मैनबत्ति बालेर ४० लाखका केक काट्ने, एक महिनामा ३० करोड विदेश भ्रमणमा उडाउने



लेखिका : ज्वाला संग्रौला 

केहि हप्ताअघि हाम्रा पढेलेखेका भनिएका अर्थमन्त्रीको स्वेतपत्रले भन्यो- “ढुकुटी रित्ताे छ, देश चल्नसक्ने अवस्था छैन”!

बिदेशमा रगतपसिना बगाएर remittance send गर्ने म एउटा सामान्य नेपाली नागरिकको सिधा प्रश्न नेतृत्वलाई-

के कारणले रित्तो भयो ढुकुटी मान्यवर ? सोझा नागरीकले लुटे ? भूकम्प पिडितहरूका महल बनाएर सकियाे ? ढलेको धरहरा ठड्याईयो? तुईनमा झुण्डिएर खोलो तर्न बिबस जनताहरुलाई पक्की पुलको ब्यबस्था गरियो? काठमाण्डौमा पानी जमेर स्कुले बिधार्थी छिरेको खौलो पुरियो?बेचि खाएका नदीनाला फर्काउन मोदीलाई हर्ज़ाना तिर्दैमा पैसा सकियो? भारतीयहरुले मिचेका नेपाली भूमि र साँधमा जंगे पिल्लर उठाईयो?

देशमा कति कलकारखानाहरु खोलिए? ग्रामीण भेग, जहाँ शिक्षाको पहुँच छैन, त्यहाँ कति बिधालय खोलिए? आफ्नो सपना जपना र देशलाई हरियो पासपोर्टमा कैद गरेर दिनैपिच्छे म जस्तै युवाहरु देशबाट उछिट्टिरहेछन् , के तिनीहरुलाई उनीहरुको भविष्यको ग्यारेन्टी गरेर देशमै रोज़गार दिन सकिने गरी कुनै कारख़ाना उधोगधन्दाहरु खोलेर देशको ढुकुटी रितियो? यी माथिका कामहरु गरेर थैलो रितियो भने ठीकै छ, होईन भने कसरी देश कंगाल बन्यो अर्थमन्त्री ज्यु, हामीलाई जबाफ चाहियो!!

अर्थमन्त्रालयले यस्तो भो उस्तो भो हामी कंगाल भयौं भन्दै हामी जनतालाई फस्लाङ्फुस्लुङ पार्न स्वेतपत्र जारि गरेपछि त्यसकाे भर्पाइकाे कुरा उठाउनु पर्छ कि पर्दैन ? आफ्नै पार्टीका लुर्केफुर्केहरुले आसेपासे, झोले ,टोले ,ट्यापे र गुण्डालाई पैसा बाँडेर सक्ने, जन्मदिनमा १० लाखको मैनबत्ति बालेर ४० लाखका केक काट्ने, एक महिनामा ३० करोड विदेश भ्रमणमा उडाउने, भ्रमणदलमा सैयौं जन्तीहरु लाम लगाएर ठाँटिने, राज्य लुटेर अमेरीकामा रगत जाँच गर्ने, टाउको दुख्दा लण्डनतिर दौडिने, छेरपाटे चल्दा थाईल्याण्ड पुग्ने , किराले खाको दाँत उक्काउन जापान हान्निने, कमिशनका लागि माफियाहरूलाई झ्वाम्मै भएभरको अर्थतन्त्र बुझाउने र भन्ने “ढुकुटी रित्ताे छ, देश चल्नसक्ने अवस्था छैन” ! लाज लागेन मन्त्री ज्यु यस्तो कच्चा बोली बोल्न??

ढुकुटी रित्ताे छ भन्नेले कसले रित्यायो, कसरी रित्यायो र कति थियो र रित्यायो भन्ने स्वेतपत्र तुरन्त जारी गर्ने दम हुनुपर्छ र लुटेरा देशद्राेहिहरूबाट असुलउपर गर्ने सिफारिस पनि गर्नु पर्छ।साँच्चै देश बिग्रिएको चिन्ता हाे भने अपराधसंग जुध्ने संकल्प गर, भारतसँग हामी बर्षेनी ९ अर्ब बराबर ब्यापार घाटामा छौं, त्यसलाई सन्तुलन गर्न मुलुकभित्रै आफैले उत्पादन , प्रबर्दन र प्रयोग गर्न सकिने बस्तुहरुको promotion गर,गाउँगाउँमा बस्तीबस्तीमा पुगेर त्यहाँका नागरिकको जीवनस्तर र basic needs को टिपोट गरेर अगाडि के process चाल्ने हो,त्यो गर्न एउटा बलियो टिम बनाऊ र आफैं खटेर inspection पनि गर।

नत्र खालि सेलिब्रटी बन्ने धन्दाकै लागि मात्र हो भने सीधासाधा नागरिकका सपनाको क्यानभाषमा यस्ता क्षणिक र मीठा झुटहरुको चित्र उतारेर फेरि अरु पाँच बर्ष नेपाललाई अझै कंगाल बनाउने भाषणको खेती नगर बुझ्यौ खतिवडा बा..??

Comment