३३ किलो सुन प्रकरणमा न्यूरोडबाट आरके ज्वेलर्सका मालिक राजेन्द्र शाक्य पक्राउ


काठमाडौं । ३३ किलो सुन प्रकरणमा न्यूरोडस्थित आरके ज्वेलर्सका मालिक राजेन्द्र शाक्य बिहीबार साँझ काठमाडौंबाट पक्राउ परेका छन्। गृह मन्त्रलायले गठन गरेको छानविन समितिले अनुसन्धानका लागि पकउ गरेको हो ।

यस अघि डेढ महिना अगाडी ३३ केजी सुन तस्करीमा मछिएका मोरङका सोनम शाक्यको हत्या भएको घटनालाई लिएर अपराध महाशाखाका प्रमुख एसएसपी दिबेश लोहनी, डिसपी प्रजित केसी र सई बालकृण्ण सन्जेललाई प्रहरी प्रधान कार्यालयले छानविनको घेरामा राखिसकेको छ ।

त्यस्तै थाई एयरलाइन्सका ८ कर्मचारी र नेपाल एयरलाइन्सका तीन कर्मचारीलाई पनि छानविनका लागि पक्राउ गरिसकिएको छ ।

Comment