श्रीमती वैदेशिक रोजगारमा गएका बेला अर्को बिहे गर्ने जेलमा



jil maओएस नेपाल, इलाम, १० पुस । बहुविवाह गरेको आरोपमा जिल्ला अदालत इलामले पशुपतिनगर–५ का एक जोडीलाई जनही एक वर्ष कैद फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले बहुविवाह गर्ने पशुपतिनगर–५ टाँसीगाउँका ३० वर्षीय सुजित तामाङ र पशुपतिनगर–९ की रत्ना लामालाई बुधबार मुलुकी ऐन विवाहवारी महलको १० नं बमोजिम एक÷एक वर्ष कैद र रु पाँच÷पाँच हजार जरिमानाको फैसला सुनाएको अदालतका तहसिलदार अर्जुन श्रेष्ठले जानकारी दिए ।

जेठी श्रीमती वैदेशिक रोजगारबाट फर्केर आउने क्रममा सुजितले एकसाताअघि लामासँग दोस्रो विवाह गरेको थाहा पाएपछि जेठी श्रीमती मनिकाले श्रीमान्विरूद्ध इलाका प्रहरी कार्यालय पशुपतिनगरमा जाहेरी दिएकी थिइन् । रासस

Comment