श्रीदेवी काण्डमा मनीष मल्होत्राले गरे नयाँ खुलासा.., भन्छन् त्यस रात कुराकानी भएको थियो



सेलिब्रिटी डिजाइनर मनीष मल्होत्रा श्रीदेवीका धेरै नजिकका साथीको रुपमा चिनिन्छन् । हरेक समय श्रीदेवीको साथमै देखिने मनीष जुन बेलामा श्रीदेवीले संसार छोडिन् त्यस बेला भने एकसाथ थिएनन् । आफ्नो भान्जा मोहित मारवाहको विवाहको लागि दुबई पुगेकी श्रीदेवीसँग उनका नजिकका साथी मनीष पनि सँगै थिए ।

तर होटलमा जुन घटना घट्यो त्यस बेला भने मनीष श्रीदेवीसँग थिएनन् । तर उनले त्यसै दिन श्रीवेदीसँग मोवाईलमा कुराकानी गरेका थिए । यस विषयको उनले खुलासा गरेका छन् । एउटा सञ्चार माध्यममा अन्र्तरवार्ता दिंदै मनिषले अन्तिम समय उनीसँग कुराकानी भएको खुलासा गरेका हुन् । कुराकानीको क्रममा श्रीदेवीले आफ्नी छोरी जाह्नवीको चलचित्र डेब्युको बारेमा मनीषसँग कुराकानी गरेकी थिईन् ।

 

‘मैले आफु नजिकको साथिलाई गुमाएको छु’ मनिषले भनेका छन्, ‘यो मेरो जिन्दगीमा पहिलो पटक भएको छ ।’ यो घटना सपना जस्तै लाग्ने गरेको उनले बताएका छन् । ‘मैले श्रीदेवीलाई २८ वर्ष देखि नजिकबाट चिनेको थिएँ ।’ उनले भावुक हुँदै भने, ‘हामी एउटा विवाहमा सँगै गएका थियौ, त्यसपछि केहि रहेन ।’

दुई जनाबीचमा त्यो अन्तिम दिन धेरै विषयमा कुराकानी भएको मनीषले बताएका छन् । त्यस अघिल्लो दिन आफुले खाएको परिकारको बारेमा पनि खुलेर कुराकानी भएको उनले बताए । श्रीदेवीसँग अब आफुहरुले काम गर्ने नयाँ प्रोजेक्टको बारेमा पनि छलफल गरेको मनीषले बताएका छन् । जुन प्रोजेक्ट हामी दुबै जना मिलेर काम गर्न सक्थ्यौ ।

श्रीदेवी पारिवारिक समारोहमा सहभागी हुन होटल पुगेकी थिईन् । श्रीदेवीको बारेमा सम्झदै उनले भने ‘उनले कुनै दिन कसैको बारेमा नकरात्मक कुरा गरिनन् ।’ हामी खाना, चलिचित्र, कपडा सबै राम्रो राम्रो विषयमा मात्रै कुराकानी गर्ने गर्दथ्यौ । मनीषले अहिले श्रीदेवीको छोरी जाह्नवीको कपडा डिजाईनको काम गरिरहेका छन् ।

उनी सम्झदै भन्छन् ‘जाह्नवी सानी थिईन् पहिला पनि मैले उनको कपडा डिजाईनको काम गर्दै आएको थिए ।’ अहिले उनि चलचित्र डेब्युको तयारी गरिरहेकी छिन् । जाह्नवी पनि आमा जस्तै प्रतिभावान भएको उनले बताए ।

Comment