कपिल विवादले लियो डरलाग्दो मोड, डा. गोलाटीले दिए यस्तो सल्लाह


भारतका चर्चित हास्य कलाकार कपिल शर्मा जिवनमा अहिले सम्मको सबैभन्दा नराम्रो परिस्थितबाट गुज्रिरहेका छन् । कपिलको खराब परिस्थित सुध्रिने भन्दा पनि दिन प्रतिदिन बिग्रदै गएको छ । गत वर्ष आफ्नो हास्य समुहका सदस्यसँग गरिएको लडाईका कारण कपिल निकै आलोचित भएका थिए ।

अहिले भने अभद्र भाषा प्रयोग गर्दै सामाजिक सञ्जाल ट्विटरमा ट्विट गरेको आरोप कपिलमाथी लागेको छ । त्यती मात्रै होईन टेलिफोन मार्फत पत्रकारलाई गाली गलौज गरेको आरोप पनि उनि माथी छ ।

आफु माथी लागको सबै आरोपका विषयमा अहिले सम्म कपिल चुप बसेका थिए । तर पछिल्लो समय उनले मुख खालेका छन् । र भनेका छन् ‘मलाई थाहा छ मैले के गरिरहेको छु ।’

कपिलको पुरानो साथीहरुको अनुसार उनि अहिले डिप्रेशनमा परेका छन् । यस विषयमा कपिलका पुराना साथी मध्येका एक (डा. गोलाटी) सुनिल ग्रोवरले आफ्नो बयान दिएका छन् ।

अब पढ्नुहोस्, कपिलको बारेमा सुनिलले के भने ?

(डा. गोलाटी) सुनिल ग्रोबरले कपिलको स्वास्थ्य चाँडै निको हुने बताएका छन् । एउटा अनलाईन न्युज पोर्टलसँग कुराकानी गर्दै उनले कपिलको स्वास्थ्य चाँडै निको हुने बताएका हुन् ।

उनले भनेका छन् कि, म चाहान्छु कपिल शर्मा चाँडै ठिक भएर आफ्नो काममा फर्किउन । सुनिलले कपिलका परिवारसँग उनको राम्रोसँग ख्याल राख्न आग्रह पनि गरेका छन् ।

यस भन्दा अगाडी कपिलका साथीहरु भारती सिंह, उपासना र सुगन्धा मिश्रा लगायतकाले कपिलको स्वास्थ्यमा विशेष ध्यान दिन परिवारका सदस्यसँग आग्रह गरेका थिए ।

त्यसोत कपिलले पछिल्लो समय आफ्नो नयाँ सो सञ्चालनमा मन नलागेको प्रतिकृया दिएका थिए । जसका कारण नयाँ तरिकाबाट दर्शकमाझ उपस्थित हुने उनको इच्छा थियो ।

हजुरहरुलाई थाहा होला की कपिलको नयाँ सो मार्च २५ मै सुरु भएको थियो । तर एक / दुई एपिसोड सञ्चालन गरेपछि भारतीय च्यानलले उत्त सो नै बन्द गरिदिएको छ ।

भारीयत च्यानले एक महिनाको लागि कपिलको नयाँ सो बन्द भएको घोषणा गरेको थियो ।

हिन्दुस्तानबाट अनुवादित

Comment