विवाहित नायकसँग सम्बन्ध राखेपछि यी नायिका यस्तो हालत, नायक पत्नीको जोडदार थप्पड


विवाहित सहकर्मीसँग सम्बन्ध राखेको आरोपमा भारतीय टेलिभिजन जीटीवीको चर्चित सो ‘जिंदगी एक महक’ टेली चलचित्रकी नायिका समिक्षा जयसवालमाथी सार्वजनिक रुपमै हातपात भएको छ ।

टेली चलचित्रका नायक करण बोहारासँग सम्बन्ध बढाएको आरोपमा समिक्षामाथी सार्वजनिक रुपमै हातपात भएको हो । नायक करणकी पत्नी वेला बोराले नायिका समिक्षालाई थप्पड हानेको भारतीय सञ्चार माध्यमले लेखेका छन् ।

टेलि चलचित्र सेटमा उपस्थित अन्य कलाकारको सामुन्ने करण पत्नी वेला बोराले समिक्षा माथी हातपात गरेकी हुन् । सेटमा सहभागी अन्य कलाकारका अनुसार करण र समिक्षाबिच बढ्दै गएको सम्बन्ध प्रति करण पत्नी आक्रोशित थिईन् ।

समिक्षा र करण

जब उने आफ्नो पतीसँग समिक्षालाई देखिन त्यसपछि हातपात गरेकी हुन् । भारतीय स्रोतका अनुसार टेली चलचित्रको दील्लीमा रहेको सेटमा यो हंगमा भएको थियो ।

तर आफुमाथी भएको हातपात र गाली गलौजका बावजुद समिक्षा चुपचाप आफ्नो निवास तर्फ लागेकी थिईन् । त्यसपछि भारतीय सञ्चार माध्यले सम्पर्क गर्दा उनले यस विषयलाई अस्वीकार गरेकी छिन् ।

नायिका समिक्षाले आफ्नो बारेमा गलत हल्ला फैलाउनेमाथी कारवाही गर्ने चेतावनी पनि दिएकी छिन् । ‘यो सबै झुट हो ।’ उनले भनिन्, ‘मेरो प्रगति देखेर डाहा गर्नेहरुले यस्तो हल्ला फैलाएका छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार समिक्षाले सार्वजनिक रुपमा करण आफुलाई मन पर्ने प्रतिकृया दिएकी थिईन् । विवाहित सहकर्मीको बारेमा उनले दिएको प्रतिकृयाको भारतमा आलोचना पनि भएको थियो ।
हिन्दुस्तान र आजतकबाट अुवादित

Comment