सुन्नुहोस् कपिल शर्माको गोप्य अडियो, जहाँ पत्रकारलाई सकेको गाली गरेका छन्


भारतका चर्चित हास्यकलाकार कपिल शर्माको जिन्दगी थप जटिल बन्दै गएको छ । उनका पछिल्ला गतिविधिका कारण एक पछि अर्को विवाद थपिंदै गएको छ । केहि दिन पहिला कपिलको नाम जोडेर नयाँ विवाद उत्पन्न भएको छ ।

एक जना भारतीय पत्रकारसँग भएको कुराकानी कारण अहिले कपिल थप आलोचित भएका छन् । कपिलले एक जना पत्रकारसँग गरेको विवादित अडियो अहिले सञ्चार माध्यमसँगै समाजिक सञ्जालमा भाईरल भईरहेको छ । अडियोमा कपिलले पत्रकारलाई सक्दो गाली गरेका छन् ।

पत्रकारले कपिलसँग भएको अडियो संवाद सार्वजनिक गरेका छन् । सुरुमा कपिलले आफ्नो बारेमा गलत समाचार लेखेको भन्दै पत्रकारसँग असन्तुष्टि व्यक्त गर्छन् । निकै आक्रोशित भएका कपिलले एकपछि अर्को गर्दै पत्रकारलाई अपाच्य गाली गर्न थाल्छन् ।

पढ्नुहोस्, पत्रकार र कपिलबीच भएको कुराकानी (तल विस्तृत कुराकानी अडियोमा छ ।)

पत्रकार : हेल्लो

कपिल : विक्की ???

पत्रकार : एस..हजुर को ?

कपिल : हेल्लो विक्की..दिस इज कपिल शर्मा..जसको बारेमा हजुरले धेरै लेखी सक्नुभएको छ । ..ठिक छ, विक्की हामी यस भन्दा अगाडी भेटेका छौ । हजुर एक पटक मेरो सो मा आउनुभएको थियो ।

पत्रकार : हो…एक चोटी म आएको थिएँ, त्यतीबेला सोनी को सो भइरहेको थियो, त्यती बेलामा मैले हजुरको अन्र्तवार्ता लिएको थियो ।

कपिल :  हो, हजुरलाई प्रीतिले मसँग भेट गराएको थियो ।

पत्रकार र कपिलबीच भएको कुराकानीको पुर्णरुप यहाँ सुन्नुहोस्

 

पत्रकार :  होईन । उसले भेट गराएको थिएन । उसले ले मसँग कपिलको अन्र्तवार्ता लिनुपर्छ भनेर भनेको मात्रै थियो । त्यती बेला मैले भनेको थिएँ म पक्कै हजुरको अन्र्तवार्ता लिन चाहान्छु ।

कपिल : विक्की..मैले सधैँ हजुरको आर्टिकल पढ्ने गर्छु….हजुरले एक पटक मेरो चलचित्रको बोरमा लेख्नुभएको थियो । ‘कपिल यू आर अ जीरो एक्टर’..मैले यो कुरा बुझ्न सकिन…कि एउटा पत्रकारको लेखाई यति नकरात्मक त हुन सक्दैन…? हजुर सधैँ नकरात्मक समाचार किन लेख्नुहुन्छ ? हजुर यस्तो किन लेख्नुहुन्छ विक्की जी ?

पत्रकार : सर, यो स्टोरी सबैले लेखेका थिए र सबै हैरान थिए…कि हजुरले किन सुटिङ्ग सधैँ क्यान्सील गरिरहनुभएको छ ?

कपिल :  विक्की जी शायद म डिप्रेसनमा थिएँ…. के थाहा मलाई कुनै समस्या थियो की ?…..हजुरलाई थाहा छैन म यो समस्याबाट गुज्रिरहेको छु….तर हजुर मेरो बारेमा खाली नकरात्मक लेखीराख्नुहुन्छ ।

पत्रकार : अहिले हजुरको नयाँ सो आएको छ….। त्यसमा रानी मुखर्जी आउने वाला थिईन् । जुन सो को लागि बच्चाहरु प्रतिक्षारत थिए । उनिहरुले पहिला २ घण्टा सम्म प्रतिक्षा गरे । त्यसपछि पनि उनिहरुले थप २ घण्टा कुरे । तर अन्तिममा सो क्यान्सिल भयो ।

कपिल :  विक्की…हजुरले यो पनि लेख्नुभयो…कि यशराज ब्यानरले मलाइ एउटा चलचित्रको लागि अफर गरेको थियो । ‘बैंक चोर’ । मैले त्यो चलचित्र रिजेक्ट गरे, किनकी मैले यशराजलाई मन पराउँथीन । त्यो चलचित्र फ्लप भयो….के हजुरले त्यो स्टोरी लेख्नुभयो…? हजुर के समाचार लेख्नको लागि पैसा असुल्नु हुन्छ ? पैसे चाहिए म सँग आउनुहोस् न…, यस्तो समाचार किन लेख्नुहुन्छ ? ( गाली गर्दै………..)

पत्रकार :  हजुर यस्तो कुरा नगर्नुहोस्…. यो तरिका गलत हो ।

कपिल : विक्की…मैले तँलाई फेला पारे भने नी तँलाई …(गाली)

हिन्दुस्तानबाट अनुवादित

Comment