हृदयचन्द्र स्मृति सम्मान इस्मालीलाई



१ वैशाख (रासस) – साहित्य सदन नेपालले गत वर्षको ‘हृदयचन्द्र स्मृति सम्मान’ आख्यानकार इस्मालीलाई दिने भएको छ ।
सदनका उपाध्यक्ष हेमनाथ पौडेलको संयोजकत्वमा विदुर चालिसे, मित्रलाल पंज्ञानी, सीता शर्मा र सीता भट्टराई सदस्य रहेको छनोट समितिले गरेको सिफारिसलाई सदनको कार्यसमितिले अनुमोदन गरेको थियो । चार दशकदेखि साहित्य क्षेत्रमा क्रियाशील इस्मालीका दुई उपन्यास र चार कथासंग्रहलगायत कृति प्रकाशित छन् । हरेक वर्ष दिइने रु १० हजार राशिसहितको सो सम्मान यही वैशाख ८ गते प्रदान गरिने जनाइएको छ ।

Comment