सुवर्णलताको गृह विमोचन सम्पन्न



मालिका केशरीको उपन्यास सुवर्णलताको गृह विमोचन सम्पन्न भएको छ । शुक्लागण्डकी नगरपालीका तनहुाको आयोजनामा सम्पन्न भएको कार्यक्रममा उपन्यास माथि अन्तरसंवादका साथै लेखक केशरीलाई सम्मानीन पनि गरेको थियो । कार्यक्रममा बोल्दै साहित्यकार शेषमणि आचार्यले भन्नुभयो, “केशरीले शुक्लागण्डकीलाई नै पृष्ठभूमिमा राखेर लेखेको उपन्यासले यस क्षेत्रको पहिचान राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा प्रचार गर्न ठूलो भूमिका खेलेको बताउनु भयो ।”

यसगरि शिक्षाविद् डिल्ली रमण पौडेलले, “साहित्य समाजलाई जोड्ने मूल कडि रहेको बताउादै । यो उपान्यास आम उपन्यास भन्दा बिल्कुलै फरक विषयवस्तुका साथ आएको र यसले समाजमा अध्यात्मिक चेतना प्रवाह गर्न पनि सहायक सिद्ध हुने विश्वास लिएको बताउनु भयो ।” उपन्यासमा शिक्षित घर परिवारमै नजानिदो किसिमबाट नारीमाथि शोषण हुने गरेको तथ्यलाई यस उपन्यासले छताछुल्ल पारेको छ भन्दै कृष्ण रेग्मीले भन्नुभयो, “उपन्यास पढ्दा यो उपन्यास काल्पनीक नलागेर वास्तविक जीवन नै पढेको अनुभूति दिलाउन यो उपन्यास सक्षम छ । उपन्यासमा एतिहासीक पाटो, दर्शन एवं अध्याम मात्र हैन । हामी कसैले ध्यान नै नदिएर वेवास्त गरिएको तथ्यलाई पनि अति नै सुक्ष्म चित्रण गरि पाठकलाई घचघच्याउन उपन्यास सक्षम रहेको छ ।”

Comment