कालिमाटीमा तरकारीको भारी बोक्दा कुकुरसँग समेत सुतेका मनिष श्रेष्ठको भाग्य आफ्नै डान्स क्रुबाट चम्किदै (भिडियो)

Posted By OSNepal, California, USA || Date: 15 April, 2018

भक्तपुर : बहु प्रतिभाशालीको छुटै पहिचान बनाउन सफल आफुमा एक बहु प्रतिभा भएको साबित गरेका गायक तथा कोरियोग्राफर डान्स किङ्ग मनिष श्रेष्ठ पछिल्लो समयमा आएर ट्यालेन्टमै जम्दै छन । उनको ट्यालेन्टलाई देखेर हेर्ने दर्शकहरु छक्क पर्छन । नृत्य, कोरियोग्राफर, टेलि-चलचित्रमा मात्र नभएर उनि एक खुट्टा काँधमा राखेर ५० किलोमिटर सम्म मोटरसाइकल कुदाएर गिनिज बूकमा समेत नाम लेखाएका छन ।

फरक-फरक क्षमताका व्यक्तिहरुको जमघट बाक्लै रहने काठमाडौंमा संघर्ष गर्नु चानचुने कुरा थिएन । तैपनि उनले साहस गरे आफ्नो आत्मविश्वास ढल्न दिएनन् । निरन्तर लागी परे । कर्ममा विश्वास गर्दै अगाडी बढीरहे फलत आफैले नसोचेका उपलब्धीहरु आज एकपछि अर्को गर्दै हात पारिरहेका छन् मनिष श्रेष्ठ ।

पिएनपिखबर सँगको कुराकानीमा मनिष भन्छन्, ‘सुरुवातको दिनमा निकै मेहेनत गर्नु पर्यो तर क्रियुको धैर्यता, निरन्तर प्रयास र लगनशीलताले आज हाम्रो क्रु यहाँ सम्म आईपुग्यो।’ प्रतिभाहरुको बीचमा प्रतिश्पर्दा गर्न राजधानी छिरेका उनको सुरुवातका दिनहरु निकै कष्टकर बिते । केही समय नबित्दै कलाकर्मी श्याम भट्टराईसँग उनको चिनजान भयो । उनै भट्टराईको सहयोगमा छविराज प्रोडक्शन मार्फत कलाकारिता क्षेत्रमा औपचारिक रुपमा प्रवेश गर्ने मौका पाएको उनी बताउछन ।

एक समयका चल्तीका एक्सन नायक विराज भट्टको हाउजीङमा सुरुवातमा ६ महिनामा उनले नृत्य सिके । त्यसपछि केही समय आफै नृत्य प्रशिक्षकको रुपमा सोही हाउजीङ्ममा काम गरे । समय उक्लिदै थियो । परिस्थिती फेरिदै जाँदा उनी आफै काठमाडौंस्थित बहुचर्चित एमएस डिग्री स्टार कला केन्द्रका मालिक बन्न पुगे ।

जुन नेपालकै सबैभन्दा ठूलो हल र सुविधासम्पन्न नृत्य प्रशिक्षण केन्द्र हो । भर्खरै २४ वर्ष पार गरिरहेका मनिषले पाँच सयभन्दा बढी म्यूजिक भिडियोहरु नृत्य तथा निर्देशन गरिसकेका छन् भने देशका थुप्रै स्टारहरुलाई पनि नृत्य सिकईसकेका छन् ।

उनी आफ्नो अविष्मरणीय क्षण यसरी सम्झन्छन,’ परिवारको मद्दत खासै थिएन गाऊँमा पनि नाच्दा केटी बिगार्छ भन्ने समाजको धारणा थियो, पढ्दा पनि नाच्ने गाउने भनेर स्कुलबाट निकालियो पछि म भागेर काठमाडौँ आए ।’

गिनिज बुकमा समेत नाम लेखाइसकेका मनिष श्रेष्ठ विगतका दिनहरुमा कालिमाटीमा तरकारीको भारी देखि गल्लीको कुकुरसँग पनि सुत्न बाध्य भए । तर उनको निरन्तर प्रयासले उनी आज सफलताको उचाईमा छन् । दुख पछि सुख अवश्य आउँछ भन्ने सत्य हामीले मनिष श्रेष्ठको जिन्दगीबाट बुझ्नसक्छौ ।

हेनुहोस मनिष श्रेष्ठको क्रुसँग पिएनपिखबरले गरेको रमाइलो कुराकानी :

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!