मेरो ज्यान कुबेत मै जान लाग्यो , म नेपाल आउन चाहन्छु लोग्ने र बच्चाहरुको लागि ,मलाई बचाउनु होस [भिडियो हेर्नुहोस ]



झापाको शिवसताक्षी नगरपालिका (साविकको शिवगञ्ज गाविस ५ लालपानी)की २९ वर्षीया बहा मुर्मु ४ वर्ष अघि कुवेत आउनु भएको हो । गहुँगोरो वर्ण, सुन्दर रुप लिएर कुवेत आएकी मुर्मु बिरामी परेपछि हिजोआज चिन्नै नसकिने अवस्थामा पुग्नुभएको छ । मुर्मुका श्रीमान् रोजगारीका लागि मलेसिया गएका थिए । तर उनलाई मलेसिया फापेन । पैसा कमाउनु त कता हो कता उनी अल्सरको बिरामी भएर नेपाल फर्किए । बहा मुर्मुले श्रीमानको उपचारका लागि घरघडेरी बेच्नुभयो । तर रोग निको भएन । त्यसैले उहाँ बिरामी श्रीमान्, ११ वर्षकी छोरी र ८ वर्षको छोरा छाडेर थोरैतिनो खर्च कमाई भइहाल्ला कि भन्ने आशमा दलालले देखाएको बाटोबाट रोजगारीका लागि कुवेत आउनु भएको हो । भिडियो हेर्नुहोस

Comment