फिल्म ‘हैरान’ को शिर्ष गीत सार्वजनिक

Posted By OSNepal, California, USA || Date: 15 April, 2018

फिल्म ‘हैरान’ को शिर्ष गीत सार्वजनिक गरिएको छ । गीतमा शब्द र संगीत सत्यराज आचार्य र स्वरूपराज आचार्यको रहेको छ भने यसलाई सत्य(स्वरूपले सरगम आचार्य र बबिता मनाधरसंग मिलेर गाएका छन् । यसमा गिरिश खतिवडाको र्याप रहेको छ भने यसलाई राजन इशानले एरेन्ज गरेका हुन् । गम्भीर विष्टको कोरियोग्राफीमा तयार गीतमा सरोज खनाल , सत्यराज आचार्य , निर्मल शर्मा ,गजित विष्ट , सागर लम्साल , निश्मा घिमिरे , एन्जल राई , शिशिर भण्डारी ,आरोही शर्मा लगायतका सम्पूर्ण कलाकार देखिनेछन् । विश्कै कान्छा निर्देशक सौगात विष्टको निर्देशनमा तयार भईरहेको फिल्मलाई कमेडी जनरमा तयार पारिएको छ ।

राजधानी स्थित एनएफडिसीमा सेट लगाएर यसको छायााकन केहि दिन अगाडी मात्र गरिएको हो । गीतमा फिल्मका सम्पूर्ण कलाकारलाई फिचर्ड गरिएको छ । डेब्यु फिल्म ‘लभ यु बाबा’ मार्फत नै सौगात विश्वका कान्छा निर्देशक घोषित भएका थिए । यिनै सौगात दोस्रो फिल्म लियर आउने तयारी गरिरहेका छन् ।

अघिल्लो फिल्ममा बाबु छोरी बीचको प्रेमलाई देखाइएको थियो भने यसपटक सामाजिक विषयवस्तुलाई समेटिएको निर्माण पक्षले जनाएको छ । डान्स फेभरको ब्यानरमा निर्मित फिल्ममा मुक्ति घले , सृष्टि घिमिरे , डाक्टर वाई एल लामा निर्माता रहेका छन् भने सम्झना पोखरेल कार्यकारी निर्मात्री रहेकी छिन । फिल्मका कथा तथा कोरियोग्राफी गम्भीर बिस्ट , द्वन्द चन्ऽ पन्त , संगीत सत्यराज आचार्य, स्वरूपराज आचार्य ,किरण कडेल , राजन इशान र सन्तोष श्रेष्ठ रहेका छन् । फिल्ममा नवराज उप्रेती र निरज कडेलको छायााकन , अमित श्रेष्ठको मिक्सिङ र ब्याक ग्राउण्ड स्कोर , अनन्त घिमिरेको कलर र भीएफएक्स , प्रितम पाण्डेको सम्पादन रहेको छ ।

गजित विष्ट ( फिल्मको टाइटल गीतमा हामीले सम्पूर्ण कलाकारलाई समेटेका छौ । पहिला यसलाई प्रमोसनको रुपमा मात्र प्रयोग गर्ने सोच पनि आएको थियो तर अब यो फिल्ममा पनि समावेश हुनेछ । गीतमा हामीले सबै पात्रको टेन्सनलाई देखाउन खोजेका छौ । फिल्म रमाइलो बनेको छ । गीतलाई पनि रमाइलो बनाउन सबैलाई एकै ठाउमा उभ्याएका छौ ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!