मध्यरातमा तिब्रगतिको बस र ट्रक ठोक्किदा चालक सहित १२ वर्षीया बालिकाको ज्यान गयो, ५ जना गम्भीर



धादिङ — पृथ्वीराजमार्ग अन्तर्गत थाक्रे महादेवबेंसीमा आइतबार मध्यरातमा बस र ट्रक जुध्दा चालक सहित २ जनाको ज्यान गएको छ ।ज्यान जानेमा ट्रक चालक ललितपुर निवासी ३२ वर्षीय मनोज डंगोल र बसमा यात्रु गर्ने अन्दाजी १२ वर्षीया बालिका रहेका छन् ।

उक्त दुर्घटनामा थप ५ जना पनि गम्भीर घाइते भएका छन् । घाइतेहरुको गणेशमान हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।मुग्लिनबाट काठमाडौं आउदै गरेको ना६ख ६५११ नम्बरको ट्रक र काठमाडौंबाट गौर जाँदै गरेको ना ५ ख २४६७ नम्बरको यात्रुबाहक बस आपसमा ठोक्किएका थिए ।

Comment