काठमाडौंको बसुन्धारामा एक युवतीको विभत्स हत्या, टाउकोमा धारिलो हतियारले हानेर अर्धनग्न अवस्थामा भेटियो शब



काठमाडौं -काठमाडौंको बसुन्धारास्थित सुकुम्बासी टोलमा एक युवतीको विभत्स तरिकाले हत्या भएको छ। आईतबार राति करिब करिब १० बजेतिर युवतीको हत्या भएको प्रहरीले जनाएको छ।

हत्या गरिएकी युवतिको सनाखत हुन सकेको छैन् ।अर्धनग्न अवस्थामा सुकुम्बासी बस्तीको करिडोरमा फालेको अवस्थामा युवतीको शव फेला परेको प्रहरीले जनाएको छ ।

मृतक युवतीको टाउकोमा धारिलो हतियारले हानेर रगताम्मे भएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। मृतक युवतीको शवलाई पोष्टमास्टर्मका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ।

Comment