अर्को साता पार्टी एकता घोषणा गर्ने बताएका बेला बालुवाटारमा ओली–प्रचण्डबिच एक्लाएक्लै भेट

Posted By OSNepal, California, USA || Date: 16 April, 2018

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच अहिले बालुवाटारमा एक्लाएक्लै भेटवार्ता जारी छ।प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड साढे १० बजे बालवाटार पुगेका छन्।आराम गर्न भन्दै आइतबार सिन्धुपाल्चोकको सुकुटे रिसोर्ट पुगेका प्रचण्ड सोमबार बिहान फर्किएपछि प्रचण्डलाई भेट गर्न पुगेका हुन् ।

दुई अध्यक्षबीचको छलफलपछि पार्टी एकता संयोजन समितिको बैठकको टुंगो लाग्नेछ।अर्को साता पार्टी एकता घोषणा गर्ने बताएका बेला यि दुईको भेटलाई महत्वपूर्णरुपमा हेरिएको छ ।नयाँ पार्टीमा हुने प्रतिनिधित्व, चुनाव चिन्ह र विधानमा जनयुद्ध राख्ने विषयमा भने दुई पार्टीले फरक धारणा राख्दै आएका छन्। दुई नेताबीचको आजको वार्तामा यिनै विषयमा छलफल हुने बताइएको छ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!