आफ्नो टिमले जितेपछि ग्राउण्डमै पोखियो प्रिती जिन्टाको खुसि, देखियो यस्तो रुप



एजेन्सी -आइपिएलको १२ औं खेलमा चेन्नइ सुपरकिंग्सविरुद्ध किंग्स इलेभेन पञ्जाबले शानदार ब्याटिङको प्रदर्शन गरेपछि टिमकी मालिक प्रिती जिन्टा खुसिले पोखिइन् ।उनले आफ्नो खुसी ग्राउण्डमै गएर देखाइन् ।हिलो इनिङमा लोकेश राहुल र क्रिस गेलको तुफानी इनिङको मद्दतमा पंजाबले चेन्नइलाई १९८ रनको लक्ष्य दिएको थियो ।

चेन्नइका कप्तान एमएस धोनीको ७९ रनको तुफानी इनिङले पनि चेन्नइलाई जीत दिलाउन सकेन । आफ्नो टिमले ठूलो स्कोर दिएपछि प्रिती यतिसम्म खुसी थिइन् कि उनले ग्राउण्डमै गएर फ्यानहरुलाई फ्लाइङ किस दिएकी थिइन् ।खुसिले प्रितिले ग्राउण्डमै गएर आफ्नो टिमको जर्सी फ्यानहरुलाई बाँडिरहेकी थिइन् ।

Comment