यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Posted By OSNepal, California, USA || Date: 16 April, 2018

काठमाडौं  – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार साउदी र कतारी रियालको मूल्य स्थिर रहेको छ भने वन र रिंगिटको मूल्य घटेको छ ।विनिमय दर अनुसार युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ३३ पैसा र विक्रिदर २८ रुपैयाँ ४९ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ३३ पैसा र विक्रिदर २६ रुपैयाँ ९७ रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७१ पैसा र विक्रिदर ९ रुपैयाँ ७६ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ४७ रुपैयाँ ०६ पैसा छ भने विक्रिदर ३ सय ४९ रुपैयाँ ०६ पैसा रहेको छ ।

एक साउदी रियालको खरिददर २७ रुपैयाँ ७४ पैसा र विक्रिदर २७ रुपैयाँ ९० पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ५७ पैसा र विक्रिदर २८ रुपैयाँ ७४ रुपैयाँ छ ।एक बहराइन दिनार एकको खरिददर २ सय ७५ रुपैयाँ ९५ पैसा र विक्रिदर २ सय ७७ रुपैयाँ ५४ पैसा रहेको छ ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!