सुनको मूल्य बढ्यो की घट्यो ? यस्तो छ आजको मुल्य



काठमाडौं – साताको दोस्रे दिन आज सुन तोलामा ५८ हजार ८ सय रुपैयाँ मा कारोबार भइरहेको छ ।आज तेजावी सुन भने ५८ हजार ५ सय रुपैयाँ कायम भउको छ । सुनको मूल्य एक सातामा प्रतितोला ९०० रुपैयाँले बढेको छ ।

चैत २६ गते प्रतितोला ५७ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन त्यसको एक सातामा ९ सय रुपैयाँले बढेर बैशाख ३ गते ५८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता चाँदी एक सातामा प्रतितोला १५ रुपैयाँले बढेको छ । चैत २६ गते चाँदी प्रतितोला ७४० रुपैयाँ थियो । एक सातामा १५ रुपैयाँले बढेर ७ सय ५५ रुपैयाँ कायम भएको छ ।

Comment