पंजाबका कप्तान रविचन्द्रन अश्विनकी सुन्दरी पत्निलाई आईपीएलको गएरातीको खेलमा किन पटक पटक फोकस गरियो ? यस्तो रहेछ कारण

Posted By OSNepal, California, USA || Date: 16 April, 2018

एजेन्सी। पंजाबका कप्तान रविचन्द्रन अश्विनकी सुन्दरी पत्निलाई आईपीएलको गएरातीको खेलमा किन पटक पटक फोकस गरिएपछि उनले लाजले मुख नै छोप्न बाध्य भइन् । आइपिएलमा किंग्स इलेभेन पंजाब र चेन्नइ सुपरकिंग्सबीचको खेलमा पंजाबका कप्तान रविचन्द्रन अश्विनलाई हौसाउन गएकी अश्विनकी पत्नी प्रिती नारायणलाई बेला बेलामा गरिने फोकसले निकै सास्ती दियो ।

पंजाबको इनिङका क्रममा एकपटक यस्तो दृश्य देखियो जसका कारण पंजाबका कप्तान रविचन्द्रन अश्विनकी पत्नी प्रिती नारायणले अनुहार नै लुकाइन् । यो खेलमा अश्विनले ११ बलमा १४ रनको इनिङ खेले । यो घटना १८.५ ओभरमा भएको थियो जब शार्दुल ठाकुरको बलमा अश्विनले पुल गर्ने कोसिस गरे । तर बल ब्याटको छेउमा लागेर निकै माथि गयो । उक्त समयमा उनी आउट भए लगत्तै धेरै बेर स्टेडियमको ठूलो स्क्रिनमा उनलाई देखाइयो । जसका कारण उनी मुख छोप्न बाध्य भइन् ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!