इक्यानको निर्वाचन अन्तिम चरणमा, दुईवटा प्यानलले गरे शक्ति पर्दशन सहित उमेद्वारी घोषणा



काठमाडौं । आउँदो बैशाख ८ गते हुने नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को निर्वाचनका लागि सरोज कुमार बस्नेत प्यानलले उमेदवारी घोषणा गरेको छ । आइतवार नयाँ बानेश्वर स्थित अल्फा हाउसमा तामझामका साथ बस्नेत प्यानलले उमेद्वारी घोषणा गरेको हो । केही दिन अघि मात्र चितवनमा पनि उमेद्वारी घोषणा गरेर देशब्यापि रुपमा उमेद्वार परिचयात्मक कार्यक्रम गरेर फर्किएको बस्नेत टिमले काठमाडौँमा पनि शक्ति प्रर्दशन सहित उमेद्वारी घोषणा गरेको हो । निर्वाचन आउँदो बैशाख ८ गते हुँदैछ ।

निर्वाचनका लागि सरोज कुमार बस्नेत प्यानलले काठमाडौँमा पनि विशेष कार्यक्रम मार्फत अल्फा हाउसमा उमेद्वारी घोषणा गरेको छ । करिव चार सय जनाको उपस्थितिमा सम्पन्न घोषणा सभामा इक्यानका पूर्व अध्यक्ष उत्तम पन्त, अरुण लामिछाने, बुद्धि रेग्मी, दिपक गुरुङ लगायतको उपस्थिति रहेको थियो । ‘२४ महिना २४ काम सहि नेतृत्व शाझा इक्यान’ भन्ने नाराका साथ चुनावि मैदानमा रहेको बस्नेत प्यानलले २४ महिनामा गर्ने २४ कामको विवरण समेत सार्वजनिक गरेको छ । आगामी दुई बर्षका लागि भिजन २०२० लक्ष्यका साथ बस्नेत टिम चुनावि मैदानमा उत्रिएको छ । दुईवटा प्यानल बनाएर निर्वाचनमा होमिएका व्यवसायीहरुको एक पक्षको नेतृत्व बस्नेत र अर्को पक्षको नेतृत्व बिष्णुहरी पाण्डेले गरेका छन् ।

बस्नेत समुहमा बर्तमान बरिष्ठ उपाध्यक्षमा काठमाडौं ईन्फोसिस एजुकेशन कन्सल्टेन्सीका राजेन्द्र रिजाल छन् भने उपाध्यक्षहरुमा पूर्व महासचिव समेत रहिसकेका कंगारु एजुकेशन फउन्डेशनका महेशबाबु तिमल्सिना र वर्तमान सचिव एवं सताक्षी एजुकेशन फाउन्डेशनका उमेश ढुंगेल रहेका छन् ।

त्यस्तै महासचिवमा वर्तमान महासचिव सन्तोष प्याकुरेललाई नै अगाडी सारिएको छ । प्याकुरेल कमन फाउन्डेशनका सञ्चालक हुन् । सचिवमा विक्रम केसी (युरो अमेरिका एजुकेशन) र ज्ञानेन्द्रमान जोशी (इन्फरमेटिक्स कन्सल्टेन्सी प्रा.लि.) छन् । यस्तै, कोषाध्यक्षमा सुर्यबहादुर डाँगी (युरो एशिया एजुकेशन कन्सल्टेन्सी) र सह–कोषाध्यक्षमा राकेश श्रेष्ठ (भिसा काउन्सिल) ले उम्मेदवारी दिएका छन् । सदस्यहरुमा प्रशान्त शाह सिनर्जि), मनिराम राउत (बोस्टन), दीपक कोईराला (सेन्ट जेभिएर), सरिता श्रेष्ठ (ईङ्लिस काउन्सिल), नवराज खत्री केसी (एसआइईसी), हरीराम लामिछाने (युनाईटेड), सोवित श्रेष्ठ (नेप्कम्स) र मनोरथ शाह (एसएचएल) छन् ।

Comment