नेपाली चेली रिता थापा प्रतिष्ठित अन्तर्राष्ट्रिय “फेयरनेश अवार्ड ” बाट सम्मानित हुँदै


काठमाडौं -विगत लामो समयदेखी महिला अधिकार , सशक्तीकरण र सामाजिक न्यायको लागि काम गर्दै आएकी नेपाली चेली तथा महिला अगुवा रिता थापा अमेरिकामा “फेयरनेश अवार्ड ” बाट सम्मानित हुने भएकी छिन। ” टेवा ” लगायत विभिन्न सामाजिक संघ सस्थामा सक्रिय रहदै आएकी थापा महिला अधिकारको पक्षमा निरन्तर बहस तथा अभियान चलाउदै आइरहेकी छिन ।

ग्लोबल फेयरनेश इनिसिएटिभ नामक एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले प्रदान गर्ने उक्त अवार्ड अन्तर्राष्ट्रिय रुपमा ख्यातिप्राप्त अवार्ड हो। अप्रिल १२ मा जारी सस्थाको प्रेस बिज्ञप्तिमा जनाइए अनुसार उक्त अवार्ड आगामी मे महिनाको १७ तारिखमा अमेरिकाको डिसि स्थिति ” नेसनल म्युजियम अफ वुमन इन दि आर्ट” मा प्रदान गरिने छ।ग्लोबल फेयरनेश इनिसिएटिभ मानव अधिकार र उनिहरुको जिवनस्तर परिवर्तनको निम्ति काम गर्दै आइरहेको एक गैरसरकारी सस्था हो।

जसले नेपालमा पनि श्रमिक अधिकार र उनिहरुको जिवनस्तर परिवर्तनका लागि प्रभावकारी काम गर्दै आइरहेको छ।सस्थाले अहिले इट्टा उद्योगको क्षेत्रमा आफ्ना अभियानहरु केन्द्रीत गरेको छ।काठमाडौंको निकै परम्परागत परिवारमा जिन्मिएकी थापा महिला संशक्तिकरण, शान्ति तथा द्धन्द्ध निवारणमा विश्व जगतमा परिचित छिन।सम्मानित थापाले यसअघि ग्लोबल फन्ट फर कम्युनिटि फाउन्डेसन (जिएफसिएफ) को अध्यक्षको जिम्मेवारी पनि लिएकी थिइन।

Comment