बलिउड अभिनेत्री सोनमको विवाहमा कुन–कुन कलाकारलाई पुग्यो निम्ता ?



एजेन्सी– बलिउड अभिनेत्री सोनम कपूर र आनन्द आहुजा चाँडै नै विवाह बन्धनमा बाँधिने पक्का भएको छ। भारतिय मिडियाका अनुसार यो जोडी को विवाह मुम्बईमा मे ६ र ७ मा हुने छ। केही दिनअघिसम्म यस जोडीको विवाह स्विटजरल्याण्डमा हुने बताइएको थियो।

बिहेमा बलिउड स्टारहरु रणवीर कपुर, दिपिका पादुकोण, करिना कपुरलागायतका कलाकारहरुलाई निमन्त्रणा पुगीसकेको बताइएको छ ।सोनमको परिवार यतिबेला जोडतोडका साथ विवाहको तयारीमा जुटेको छ।

लामो समयदेखि विवाहको चर्चा चलेपनि अहिले बल्ल बिहेको मिति तय भएको हो ।खबर अनुसार विवाहपछि यस जोडीले नयाँ दिल्लीमा एक विशाल भोजको आयोजना गर्ने बताइएको छ ।

Comment