कक्षा १२ सम्म पढाउने गरी रशिका श्रेष्ठको अभिभावकत्व ग्रहण गरे गगन थापाले

Posted By OSNepal, California, USA || Date: 16 April, 2018

काठमाडौं – नेपाली कांग्रेसका नेता गगन थापाले सरकारको भर्ना अभियानलाई साथ दिदै रशिका श्रेष्ठलाई भर्ना गरेर अभिभावकत्व ग्रहण गरेका छन् ।

भर्ना अभियानमा सहभागी हुँदै उनले बुनपा चुनिखेलको जनउद्धार विद्यालयमा कक्षा १२ सम्म पढाउने गरी श्रेष्ठको भर्ना गरिदिएका हुन्।यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको मुगुम कार्मारोङ्ग गाउँपालिका वडा नम्बर ८ की ६ वर्षीया थिल्ने साङ् तामाङलाई विद्यालय भर्ना गरेका थिए।

यसका साथै उनकी धर्मपत्नी राधिका शाक्यले छेरिङ छोन्तोम लामालाई विद्यालय भर्ना गरेर अभिभावकत्व ग्रहण गरिन्।साथै, प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ दुई बालबालिकाका अभिभावक बनेका छन्।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!