इन्धन बोक्ने ट्यांकरभित्र १६० केजी गाँजा राखेर भारततर्फ लैजान लागिएको अबस्थामा समातिए दुई जना, तरिका देखेर प्रहरी नै चकित

Posted By OSNepal, California, USA || Date: 16 April, 2018

काठमाडौं । इन्धन बोक्ने ट्यांकरभित्र लुकाएर लागूऔषध गाँजा तस्करी हुने गरेको खुलेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले ना ४ ख ५३६८७ नम्बरको ट्यांकरभित्र क्याबिनमा १६० केजी गाँजाको चिप्पडसहित दुई जनालाई पक्राउ गरेपछि यस्तो खुलासा हुन आएको हो ।

पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–११ का २२ वर्षीय सोमबहादुर थोकर र कैलाश गाउँपालिका–२ का २६ वर्षीय इमानसिंह स्याङ्बो रहेका छन् ।उनीहरुलाई काठमाडौंको चन्द्रगिरी–२, झ्याप्ले खोलास्थित सडक किनारबाट पक्राउ गरिएको हो ।पक्राउ परेका दुई जना लोमो समयदेखि गाँजाको कारोबारमा संलग्न रहेको समेत खुलेको ब्यूराले जनाएको छ ।गाँजा सर्लाहीको मलंगवा हुँदै भारततर्फ निकासी गर्न लागिएको बताइएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!