पूर्व मिस नेपाल निकितालाई चल्तिका नायिकाहरुको भन्दा पनि दोब्बर मूल्य दिएर गरियो रानीमहलमा अनुबन्ध

Posted By OSNepal, California, USA || Date: 16 April, 2018

काठमाडौँ – पूर्व मिस नेपाल निकिता चण्डक आइतबार फिल्म रानी महल’मा अनुवन्धित भएकी छन् ।मिस नेपाल भएको एक बर्ष लगतै फिल्म क्षेत्रमा आएकी उनले फिल्ममा काम गरेबापत महंगो पारिश्रमिक लिएको खबर सार्वजनिक भएको छ ।

खबर अनुसार उनले फिल्ममा उनले १० लाख पारिश्रमिक लिएकी छन् । निकिताको यो पारिश्रमिक अहिलेसम्म कुनै मिस नेपालका विजेताले लिएको सबैभन्दा महंगो पारिश्रमिक हो । उनका लागि मिस नेपालको आयोजक संस्था द हिडन ट्रेजरले नै यो रकम मागेको थियो ।फिल्मको चर्चाका लागि अब निकिता नै सबैभन्दा शक्तिशाल हुनेछिन् ।फिल्मलाई हिमाल न्यौपानेले निर्देशन गर्नेछन् ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!