के भयो प्रचण्ड र ओलीबिच भएको डेढ घण्टा लामो गोप्य वार्तामा

Posted By OSNepal, California, USA || Date: 16 April, 2018

एमाले आमोवादी पार्टी एकताको लागि भोली पार्टी एकता संयोजन समितिको बैठक बस्ने भएको छ । भोली बिहान ९ बजे पार्टी एकता संयोजन समितिको बैठक बस्ने नेताहरुले बताएका छन् ।

आरामका लागि सुकुटे पुगेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज एमालेसँग अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गर्न भन्दै बालुवटार पुगेका थिए ।

दुबै पार्टीका शिर्ष नेतृत्वबीच आज बालुवाटारमा छलफल भएको छ । प्रचण्ड काठमाडौं फर्किए लगत्तै ओली र प्रचण्डबीचमा झण्डै डेढ घन्टा ‘वान टु वान’ वार्ता भएको हो । पार्टी एकताबारे अन्यौल देखिएको बेला बालुवाटारमा भएको दुई नेताको वार्तालाई अर्थपूर्ण मानिएको छ ।

प्रधानमन्त्री भारतको राजकीय भ्रमणमा जानु अघि नै २७ गते बैठक बस्ने तय भएको थियो । तर, माधवकुमार नेपाल चीन गएको भन्दै बसेन । भोलिपल्ट माओवादी अध्यक्ष प्रचण्ड विरामी भएको भन्दै बैठक स्थगित गरिएको थियो ।

नेताहरुका अनुसार ओली र प्रचण्डबीच सोमबार भएको वार्तामा विवादित विषयहरुमा कुनै ठोस प्रगति भएको छैन । सबै विषयमा एकसरो छलफल भने भएको छ ।

२९९ सदस्यीय केन्द्रीय कमिटीमा एमाले र माओवादीबाट कतिकति हुने भन्ने प्रश्न जटिल बनेको छ । एमालेले ७०र३० को अनुपात भनेपछि माओवादी झस्किएको छ र उसले समान ५०र५० हुनु पर्ने मत अघि सारेको छ ।

यस्तै नेतृत्व सञ्चालन कार्यविधि पनि तय भएको छैन । केपी ओली र प्रचण्ड दुबै अध्यक्ष हुने भनिएको छ तर, दुबै अध्यक्ष कार्यकारी हुने कि एउटा सेरेमोनियल अर्को कार्यकारी हुुनु टुंगो छैन । यसमा पनि ठूलै समस्या देखिएको छ ।

एकीकृत पार्टीको चुनाव चिन्ह लगायतमा पनि एमाले र माओवादीबीच सहमति हुन सकेको छैन । ‘बैठकमा मतभेद नै पनि भएन । हल हुन बाँकी विषयहरुमा कुनै ठोस प्रगति पनि भएन ।

स्रोतले भन्यो, ‘तर, ‘दुई नेताको भेटले सम्वादहीनता टुटेको छ र पार्टी एकता संयोजन समितिको बैठक बोलाइएको छ । यो सकारात्मक हो ।’

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!