पत्याउनुहुन्छ ? मेवा मात्र होइन यसको पूरै रुख नै औषधिय गुणले युक्त हुन्छ



काठमाडौँ – मेवा एक स्वादिलो फल हो ।तर यसको स्वाद मात्र नभइ फाइदा पनि उत्तिकै छ । अझ मेवा मात्र होइन यसको पूरै रुख नै औषधिय गुणले युक्त हुन्छ ।मेवामा क्याल्सियम, म्याग्नेसियम, पोटासियम, भिटामिन ए, कार्बोहाइड्रेट तथा फाइबर पर्याप्त मात्रामा पाइन्छ । थोरै क्यालोरी, धेरै पौष्टिक तत्व भएको यो गुनिलो मेवालाई मोटोपन घटाउन प्रयास गरिरहनु भएका मानिसहरुले आहाराको रुपमा लिन सकिन्छ ।

कब्जियत र अपच भएको बेला मेवाको सेवन गर्नाले राहत मिल्छ । टुक्रा पारिएको मेवाले छालाको घाउ र चोटपटक लागेको ठाउँमा लगाएमा निको पार्छ । यदि मेवा सहि मात्रामा खाने गरेमा यसले मानिस शरिरको रोगहरुबाट छुटकारा दिन्छ । यसको नियमित प्रयोगले क्यानसर हुनबाट समेत जोगाउँछ । मेवाले कपाल बढाउनमा समेत मद्दत गर्छ ।

मेवाको सेवनले पाचन सम्बन्धि जटिलता अन्त्य गर्ने, कमलपित्त, हर्निया जस्ता रोगको जोखिम घटाउनुका साथै प्रजनन क्षमतामा वृद्धि गर्ने बताइन्छ । साथै मेवा मुटुरोगीका लागि समेत उपयोगी हुनुका साथै कोलेस्ट्रोलका विरामीका लागि समेत लाभकारी हुन्छ ।

यसको सेवनले रक्तचाप सन्तुलित पार्नुका साथै हाइपरटेन्सनको समस्या भएका विरामीका लागि फाइदा गर्छ । मेवामा कार्पेन वा कार्पेइन्ज नामक क्षारिय तत्व पाइन्छ, जसले रक्तचाप नियन्त्रण गर्न सहयोग गर्छ ।

Comment