सोलुखुम्बुमा जहाज दुर्घटना हुनबाट जोगियो



सोलुखुम्बुमा जहाज दुर्घटना हुनबाट जोगिएको छ । सोलुखुम्बुको लुक्ला विमानस्थलमा अवतरणका क्रममा रहेको जहाज दुर्घटना हुनबाट जोगिएको हो ।

समिट एयरको जहाज अवतरणका क्रममा दुर्घटना हुनबाट जोगिएको विमानस्थल स्रोतले जनाएको छ । विमानस्थलका अनुसार अवतरणका क्रममा रन वेमा हिँड्दै गर्दा जहाजमा समस्या आएको थियो ।

रन वेमा केही दूरी पार गरेपछि जहाजको टायर लक भएको विमानस्थलको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी दीपा कटुवालले जानकारी दिईन् । उनका अनुसार ओभरलोडका कारण अवतरणका क्रममा विमानमा समस्या देखिएको हो ।

रनवेमा जहाजमा समस्या देखिएपछि पाइलटले केहीबेरमा जहाजलाई पार्किङस्थलमा लगिएको थियो ।

Comment