युएईमा हृदयघातका कारण सुतेकै ठाउँमा ज्यान गयो मिनबहादुरको



काठमाडौं । रोजगारीका लागि युएई पुगेका सोलुखुम्बुको नेचा सल्यानका ४८ वर्षिय मिनबहादुर राईको मृत्यु भएको छ । उनको हृदयघातका कारण सुतेकै ठाउँमा मृत्यु भएको हो ।

बुधबार साँझ काममा जाने समयसम्म नउठेपछि उठाउन खोज्दा ज्यान गएको थाहा भएको उहाँसँगै बस्ने साथी योगेन्द्र गुरुङले जानकारी दिएका छन् ।मिनबहादुरको हृदयघातका कारण ज्यान गएको अस्पतालले जनाएको छ ।

शव दुबईमा रहेको अल रसिद अस्पतालमा राखिएको छ ।पाँच वर्षअघि युएई पुगेका राई दुबईको बर्केली कम्पनीमा क्लिनरको काम गर्दै आएका थिए ।

Comment