तपाइँ सपना देख्नुहुन्छ ? अब थाहा पाउनुहोस्, भविष्य संकेत गर्ने ६५ सपना र त्यसको फल



हरेक मानिसले प्राय सपना देखिरहेकै हुन्छ । तर धेरैले यसलाई सामान्य रुपमै लिएका हुन्छन् । राती देखेको सपना विहान बिउँझींदा याद सम्म हुन्न । भनिन्छ सपनाको प्रभाव मानिसको जीवनमा पर्ने गर्छ ।

निन्द्रामा देखिने सपनाहरूले मानिसको भविष्यको संकेत समेत गर्छ भन्ने मान्यता छ । ज्योतिषहरू सपनाहरू र सपना देखेको समयलाई विचार गरेर सपनाका फलहरू फरक फरक हुने बताउँछन् ।

सपनामा देखिने दृश्यहरूले थुप्रै सांकेतिक अर्थ दिन्छ ।

तल यस्तै सपनाहरु र सपनाले दिने फलका बारेमा जानकारी दिइएको छ ।

१. अनार खाएको देखेमा : धन र सन्तानको प्राप्ति ।

२. अलि अलि बादल देखे : रोगबाट लाभ ।

३. ऊँट देखेमा : अपार धन प्राप्ति हुनु ।

४. आकाश देखेमा : ऐश्वर्य वृध्दि, सन्तान हुनु ।

५. आगो उठाएको देखेमा : अवैध धन प्राप्ति ।

६. आगो बालेर समातेमा : कष्ट हुनु, व्यर्थ व्यय हुनु ।

७. ओढ्ने कम्बल देखेमा : बदनाम हुनु ।

८. औंठी लगाएको देखेमा : धनलाभ र प्रशन्नता ।

९. कलम देखेमा : महान व्यक्तिसँग भेट हुनु ।

१०. कपाल देखेमा : धनलाभ हुनु ।

११. कपास देखेमा : रोगबाट मुक्त हुनु ।

१२. कपाल काटेको देखेमा : ऋणबाट मुक्त, स्त्री(पुत्र हुनु ।

१३. किला ठोकेको देखेमा : बुढो मान्छेबाट लाभ ।

१४. कोईला देखेमा : व्यर्थमा झगडा हुनु ।

१५. कुवामा नुहाएको देखेमा : सन्यासी बन्नु ।

१६. कुवाको पानी देखेमा : विविध लाभ र बिजय ।

१७. कैची देखेमा : झगडा र विवाद बढ्नु ।

१८. घर बनाएको देखेमा : प्रसिद्धि प्राप्त गर्नु ।

१९. घाम लागेको देखेमा : पदोन्नति वा लाभ हुनु

२०. घाँसको मैदान देखेमा : धेरै धन एकत्र गर्नु ।

२१. घोडा देखेमा : संकट नाश हुनु ।

२२. घोडा चढेको देखेमा : ठूलो पद पाउनु ।

२३. चश्मा लगाएको देखेमा : विध्दता बढ्नु ।

२४. जंगल देखेमा : दु: नाश र बिजय ।

२५. जहाज देखेमा : परिशानी हट्नु र व्यय ।

२६. चाँदि देखेमा वा पाएमा : धन र अहंकार बृध्दि ।

२७. झरना देखेमा : दुस्ख दुर हुनु ।

२८. टोपी देखेमा : दुस्ख नाश भएर, उन्नति हुनु ।

२९. ठूलो पर्खाल देखेमा : सम्मान बढ्नु ।

३०. डोरी देखेमा : यात्रामा कठिनायी र झन्झट हुनु ।

३१. ढोका देखेमा : ठूलाबडासँग मित्रता हुनु ।

३२. ढोका बन्द देखेमा : परेशानी र चिन्ता हुनु ।

३३. दलदल देखेमा :  सन्तान प्राप्ति हुनु ।

३४. दाँत भाँचिएको देखेमा :  दुस्ख र झन्झट हुनु ।

३५. दाँत माझेको देखेमा : पापको प्रायश्चित हुनु ।

३६. धनुष तानेको देखेमा : लाभप्रद यात्रा हुनु ।

३७. पर्वत चढेको देखेमा : पदोन्नति वा प्रसिध्द हुनु ।

३८. पत्र पढेको देखेमा : शुभ समाचार, परिश्रम ।

३९. प्रकाश देखेमा : उच्चकोटीको साधु बन्ने ।

४०. पानी पिएको देखेमा : राज्यबाट लाभ ।

४१. फलाम देखेमा : कुनै धनवानद्वारा लाभ ।

४२. बजार देखेमा : दरिद्रताको नाश हुनु ।

४३. बलेको दियो देखेमा : आयु बृध्दि हुनु ।

४४. बहर वा गाई देखेमा : मोटो लाभ, दुब्लो दुस्ख ।

४५. बादल देखेमा : विरक्ती र परिशानी बढ्नु ।

४६. बिरालो देखेमा : चोरी हुनु, शत्रु बढ्नु ।

४७. भर्याङ देखेमा : सुखसम्पत्ति बढ्नु ।

४८. भूकम्प देखेमा : सन्तानलाई कष्ट र दुस्ख ।

४९. मरेको मान्छेसँग कुरा गरेमा : मनोकांक्षा पूरा हुनु ।

५०. मरेको मान्छेले बोलाएमा : विपत्ति आउनु ।

५१. मुर्दा देखेमा : रोगबाट मुक्ति पाउनु ।

५२. रत्न या मणि देखेमा : दुस्ख बढ्नु, अपव्यय हुनु ।

५३. रातो फूल देखेमा : पुत्रबाट सुख र भाग्योदय ।

५४. रोटी खाएको देखेमा : पदोन्नति र घन बढ्नु ।

५५. लठ्ठी देखेमा : ठूलो नाम हुनु ।

५६. वर्षा देखेमा : सुख र प्रशन्नता प्राप्त हुनु ।

५७. सुकेको बगैचा देखेमा : विपत्तिमा फस्नु ।

५८. सुख्खा अन्न खाएमा : कष्ट र व्यर्थ परिशानी हुनु ।

५९. सुगन्ध लगाएको देखेमा : विद्वान र पण्डित हुनु ।

६०. सुपारी खाएको देखेमा : रोगबाट मुक्ति पाउनु ।

६१. सुराही देखेमा : आवारासँग संगत हुनु ।

६२. सेतो पूल देखेमा : दुस्खबाट छुट्कारा पाउनु ।

६३. सिंहासन देखेमा : धेरै सुख पाउनु ।

६४. हरियो बगैचा देखेमा : पदोन्नति र लाभ हुनु ।

६५. ओच्छयान लगाएको देखेमा : दीर्घायु र सुख वृध्दि ।

Comment